विमल पहाडको निम्ति विपत्ति: रूदेन लेप्चा

खबरम्यागजिन डेस्क


कालेबुङ विधायक रूदेन लेप्चा विधानसभा बजट अधिवेशनबाट फर्केपछि रेलीमा हिज प्रेस सम्मेलन गरेका थिए।

रूदेन विमल गुरूङ अनि उनको खेमामाथि जमेर वर्षिए। केही दिन अगाडि विमल खेमाका प्रतिनिधि टोली कलकत्ता पुगेर राज्यको विभिन्न मन्त्रीहरूलाई भेटेको फोटो सार्वजनिक गरेको थियो। विमल खेमाको तर्फबाट पहाडका विभिन्न समस्याहरूमाथि कुरा भएको दावी पनि गरिएको थियो।

रूदेनले यस भेटघाटलाई फोटो सेसनको राजनीति बताएका छन्।

‘अहिले उनीहरूले जुन फोटोको राजनीति गरिरहेका छन्, त्यो एउटा साधारण भेटघाट मात्र हो। विधान सभाको अधिवेशनमाझ छोटो ब्रेक हुँदा उनीहरू(रोशन गिरी, डा भुजेल अनि प्रकाश गुरूङ)लाई विधानसभा परिसरमा देखेको हुँ। यस परिसरमा कुनै पनि मन्त्री अनि नेताहरुलाई भेट्नु सजिलो हुँदो रहेछ’, रूदेनले भने।

फोटो खिचेर पहाडमा राजनैतिक फेरबदल आउँछ भनेर विचलित बन्ने कुनै काम नरहेको रूदेनले जिकिर गरेका छन्।

‘चुनावअघि पहाड अनि मधेशको गोर्खा बाहुल्य क्षेत्रमा प्रभाव हुनेछ भन्ने सोच राखेर विमल गुरुङलाई प्रयोग गरिएको हो। तर उनी प्रयोगशालामा सक्षम नभएको वस्तु बनेर निस्किए’, रूदेनले विमल गुरूङमाथि प्रतिक्रिया गरे।

‘विमल गुरुङ पहाडको निम्ति आपत हो। उसले गर्ने राजनीति, फोटो बेचुवा राजनीति हो। उसले बोलेको कुरा ममता बनर्जीको कानमा पुगेको छैन’, रूदेनले भनेका छन्।

कालेबुङबाट विनय खेमाका नेताहरूले राजीनामा दिएदेखि यता राजनैतिक माहोल गर्माएको छ। यसबीच कालेबुङ आइपुगेका विमल गुरूङ हिज मात्र दार्जिलिङ फर्किएका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन