प्रविण रहपाल, नोर्देन लामा अनि सोनाम याक्खा विमल खेमा केन्द्रीय समितिमा सामेल

खबरम्यागजिन डेस्क


‘हामी पहाड तराई अनि डुवर्स मिलाएर धारा 244(ए) अनुसार स्वयत्त शासनको चर्चा गरिरहेका छौं। गोर्खाल्याण्ड हुनसक्दैन भने केन्द्र शासित प्रदेश अथवा 244(ए) होस् हाम्रो चहाना छ’, हिज दार्जिलिङमा बसेको केन्द्रीय कमिटीको सभापछि मोर्चा पहिलो खेमा महासचिव रोशन गिरिले बताएका छन्।

केही दिन अगाडि मोर्चा पहिलो खेमाबाट तीनजनाको टोली कलकत्ता भ्रमणमा गएको थियो। राज्य सरकारको विभिन्न मन्त्रीहरूसँग भेट गरेर पहाडको स्थायी राजनैतिक समाधान अनि विभिन्न मुद्दामाथि भेटघाट भएको बताइएको थियो।

‘रोशन गिरिको नेतृत्वमा विमलपन्थीको एउटा टोली मसँग भेट गर्न आएका थिए। उनीहरूले जिटिए क्षेत्र अनि यसको आसपास पञ्चायत चुनावको निम्ति अपिल गरेका छन्’, पञ्चायत अनि ग्रामिण विभाग मन्त्री शुब्रतो मुखर्जीले यस भेट बारे द प्रिन्टलाई बताएका छन्।

हिज बसेको केन्द्रीय कमिटीको सभामा यस भ्रमणको रिपोर्ट राखिएको पनि बताइएको छ।

साङ्गठनिक सुविधाको निम्ति भनेर दार्जिलिङमा पुलबजार, बिजनबारी, कैंजले, चुनथुङ अनि मारेबुङ मिलाएर एउटा ब्रान्च कमिटी गठन गरिएको रोशनले बताएका छन्।

खरसाङमा सुनदहदेखि टुङ सन्त मेरी, मुण्डा, बाँसघारीको निम्ति महकुमा गठन गरिएको छ।

पार्टीमा केही सदस्यहरूलाई केन्द्रीय कमिटीमा सामेल गराइएको घोषणा पनि रोशनले गरेका छन्।

केन्द्रीय कमिटीमा सामेल गरिएका सदस्यहरूमा गोरूबथानका जुरन राई, अनि हालै विनय खेमाबाट राजीनामा दिएर विनय खेमालाई समर्थन गरेका नोर्देन लामा, प्रविण रहपाल अनि सोनाम याक्खा सामेल छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन