विनय तामाङको राजिनामामाथि म एक्लै केही बोल्न सक्दिन, केन्द्रिय कमिटीको बैठकले निर्णय गर्छ- अनित थापा

खबरम्यागजिन डेस्क


मोर्चा दोस्रो खेमाबाट पार्टी अध्यक्ष विनय तामाङले आफ्नो पद अनि दलको साधारण सदस्यताबाट राजीनामा दिएपछि दलको महासचिव अनित थापाले प्रतिक्रिया दिएका छन्।

अनितले बताएअनुसार विनयले दार्जिलिङको आफ्नो निजी आवासबाट राजीनामाको घोषणा गर्दैगर्दा अनित एक समिक्षा वैठकमा बसिरहेका थिए। अध्यक्षले रिपोर्ट बुझाउन आदेश दिए अनुसार वैठक चलिरहेको थियो।

‘म हिज पनि विनय दाज्युलाई सम्मान गर्थेँ, आज पनि गर्छु अनि भोलि पनि गर्नेछु’, अनितले भने, ‘उनलाई दलभित्र कसैसँग गुनासो भए हाउस अगाडि कुरा राख्नसक्थे।’

विनयले खास कुन कारणले राजीनामा दिएका हुन्, त्यो स्पष्ट नभएको अनितले बताएका छन्।

विनय तामाङले राजीनामाको घोषणा गर्दै सन् २०१७ मा विनयले झण्डा, पार्टी अनि जनता बँचाउनको निम्ति विमल गुरूङबाट छुट्टिएको बताएका थिए। यता अनितले भने, ‘म झण्डा बचाउँन अनि पार्टी बचाउँन होइन, पहाड बचाउँन निस्किएको हुँ।’

दलका अध्यक्षले नै राजीनामा दिएपछि अब दलको भविष्यमाथि व्यापक अडकलबाजी शुरू भइसकेको छ। यसबारे दलको महासचिव अनितले अहिल्यै फैसला गर्न नसक्ने पनि बताएका छन्।

‘हामी भोलि केन्द्रीय कमिटीको वैठक गर्छौं। सल्लाह गरेर अगाडि बढ्ने छौं’, अनितले भने।

उनले समर्थकहरूलाई पनि अपिल गरेका छन्। ‘अहिल्यै आत्तिनु हुन्न, हतासिनु हुन्न, सबैकुरा ठिक हुनेछ’, अनितले भने।

अनितले विनय तामाङ अनि उनको फैसलामाथि कसैले पनि टीकाटिप्पणी नगरिदिने अपिल पनि गरेका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन