विनयमाथि कोमल बने विमल : भने, विनयलाई म छोरा कै रुपमा हेर्छु

खबरम्यागजिन डेस्क


‘भगवानको त गल्ती हुन्छ, मान्छेको किन हुँदैन?,’ विनय तामाङबारे विमल गुरुङले आज यसो भने। विनय तामाङले राजिनामा दिएपछि विनयप्रति विमल गुरुङ निक्कै कोमल बनेको देखियो। 2017 मा विमल गुरुङले विनयतामाङलाई ‘गद्दार’ भनेका थिए। उनै विमलले आज भने, ‘जस्तो सुकै होस् छोरा भनेको छोरा नै हो, विनयलाई म छोराकैरुपमा हेर्छु।’

विमलले थपे, ‘हाम्रो पार्टी जन्माउँदा विनय पनि थियो, आज जसरी, जुन हालतमा विनयले राजिनामा दिए, त्यो हेर्दा मलाई पनि लाग्यो। विनय तामाङले झण्डाको मालिक आयो, विमल गुरुङ दाजुको हातमा त्यो पठाइदिनुपर्छ, मोर्चालाई विनय खेमा नभनोस् भने, त्यसले मलाई पनि लाग्यो। विनयलाई घरको न घाटको बनायो।’

 गुरुङले थपे, ‘म चाँही घरको बाउ हुँ, जस्तै भए पनि विनय छोरा हो, बाउले छोरालाई घृणा गर्न सक्दैन।’

उनी विनय तामाङप्रति कोमल, अनित थापाप्रति कठोर देखापरे। पार्टी बनाउँदा सबै मिलेर बनाएको भन्दै, आजको जुन स्थिति छ, त्यसलाई सङ्गालेर लैजानुपर्ने बताए। विनय तामाङको वक्तव्य सुनेर निक्कै भावुक बनेको बताए।

‘पार्टी बनाउँदा विनय सानो केटा थिए,’ विमलले भने, ‘विनयले अहिलेसम्म मैले झण्डा बँचाएर राखें, त्यो झण्डाको मालिक विमल गुरुङलाई सुम्पिन्छु भने, यसको लागि म धन्यवाद दिनु चहान्छु।’

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन