पात्लेबाँस आइपुग्यो विनयले पठाएको झण्डा; खरसाङमा वैठक शुरू

खबरम्यागजिन डेस्क


हिज राजीनामाको घोषणा गर्दै विनय तामाङले पार्टीको झण्डा विमल गुरूङलाई पठाइदिने घोषणा गरेका थिए।

घोषणा अनुसार विनयले आज झण्डा एउटा टोलीको हातमा पार्टी कार्यलय पात्लेबाँस पठाइदिएका छन्।

‘उनले(विनयले) यस झण्डाको मालिक आइसकेको कारण असली मालिकलाई झण्डा वापस गरिदिने घोषणा गरेका थिए। झण्डा आज हामीकहाँ आइपुगेको छ’, विमलले विनयको फैसलालाई स्वागत गर्दै भनेका छन्।

‘यो झण्डाको निम्ति कति तड्पिएँ होला म?’, झण्डा थाप्दैगर्दा विमल भावुक बने।

विमलले विनयसँग मिलेर पार्टीको हकमाथि चलिरहेको कानुनी मुद्दा पनि सुल्झाउने बताएका छन्।

11 बजेर 19 मिनटमा गरिने भनिएको झण्डा वापसी कार्यक्रममा कतिले विनय स्वयं उपस्थित रहने लख समेत काटेका थिए। तर विनय आएनन्। उनले पठाएको टोलीले विमलको हातमा झण्डा थमाएको छ।

यसको साथै विनय तामाङ विमल गुरूङको दलमा सामेल हुने अडकलबाजीमाथि पनि कमसेकम अहिलेलाई विराम लागेको छ।

कार्यक्रममा मोर्चा पहिलो खेमा महासचिव रोशन गिरी, आशा गुरूङ लगायत नेता सामेल थिए।

यता विनयको राजीनामापछि मोर्चा दोस्रो खेमा महासचिव अनित थापाले खरसाङमा बोलाएको सभा भर्खरै शुरू भएको छ।

दलबारे अहम् घोषणा हुनसक्ने बताइएको यस सभामाथि पहाडको राजनीतिमा चासो राख्नेहरूले चासोको साथ हेरिरहेका छन्।

दलबाट कतिजना केन्द्रीय कमिटीका सदस्यले वैठकमा सहभागीता दिने हुन्, त्यो पनि चासोको विषय बनेको छ।

अहिलेसम्म केन्द्रीय उपाध्यक्ष सतिश पोख्रेल, कालेबुङ विधायक रूदेन लेप्चा, युवा नेता आलोककान्तमणी थुलुङ, केशवराज पोख्रेल आदि शिर्ष नेता वैठकमा सहभागीता दिन आइसकेको थाहा लागेको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन