किशोरको बाटोमा विक्रम; क्रामाकपाबाट दिए राजीनामा

खबरम्यागजिन डेस्क


क्रामाकपा केन्द्रीय कमिटी सदस्य अनि कालेबुङ आञ्चलिक समिति संयोजक विक्रम छेत्रीले दलको सबै पद अनि साधारण सदस्यताबाट राजीनामा दिएका छन्।

विधानसभा चुनावमा क्रामाकपाले भाजपासँग गठबन्धन गर्ने फैसलापछि दलभित्र विवाद देखापरेको थियो।

क्रामाकपाको उक्त निर्णयमाथि गुनासो गर्नेहरूमा विक्रम पनि एक थिए। संस्थापक सदस्य किशोर प्रधानले पार्टीको यस फैसलाको प्रतिवादमा दलबाट राजीनामा दिइसकेका छन्।

भाजपासँग गठबन्धन गर्ने क्रामाकपाको निर्णयपछि पार्टी क्रियाकलापमा निष्क्रिय देखिएका विक्रमले धेरै दिनको मौनता तोड्दै उनले दलबाटै राजीनामा दिएका छन्।

‘किशोरको निष्कासनबाट मर्माहत थिएँ। तर पनि म दलभित्रै बसिरहेँ। विवादलाई साम्य गरेर केन्द्रीय कमिटीले नयाँ बाटो तय गर्छ भन्ने अपेक्षा थियो। तर पार्टीले ठोस निर्णय लिन सकेन’, विक्रमले भने।

उनले थपे, ‘हामीले गोर्खाल्याण्डको निम्ति भनेर बहुमतले भाजपालाई लोकसभा चुनावमा भोट हाल्यौं। ठाउँ-ठाउँमा चुनाव प्रचारमा लाग्यौं। तर विधानसभा चुनावमा राज्यको कुरा थिए। विधानसभा विकाससँग जोडिएको चुनाव थियो। भाजपासँग मिलेर चुनावमा जानपर्छ भन्ने होइन लागेको थियो।’

विक्रमले पहाडका अन्य दलहरूजस्तै क्रामाकपा अब कमजोर भइसकेको अनि आफूले भरोसा गर्न योग्य नरहेको बताएका छन्।

उनले क्रामाकपा छोडेपनि राजनीतिमा सक्रिय रहने बताएका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन