अनित चुनिए दोस्रो खेमाको कार्यवाहक अध्यक्ष

खबरम्यागजिन डेस्क


हिज पार्टी अध्यक्ष विनय तामाङले दलबाट राजीनामा घोषणा गरेपछि आज खरसाङमा बसेको वैठकले अनित थापालाई मोर्चा दोस्रो खेमाको कार्यवाहक अध्यक्ष चुनेको छ।

विनयले राजीनामा दिएपछि रिक्त बनेको अध्यक्ष पदमा अनित थापालाई नै अध्यक्ष बनाउनसक्ने सम्भावना जताइएको थियो।
केन्द्रीय कमिटी डि. के प्रधानले राखेको प्रस्तावलाई वैठकमा सहभागी बनेका सबै केन्द्रीय समिति सदस्यको स्वीकृति मिलेको बताइएको छ।

मोर्चा दोस्रो खेमाको अहम् मानिएको वैठकका अध्यक्ष सतिस पोख्रेलले कार्यवाहक अध्यक्षको रूपमा अनित थापाको नामलाई औपचारिक घोषणा गरेको बताइएको छ।

पार्टीको भावी क्रियाकलाप तय गर्न राखिएको यस वैठकमा पार्टीका केन्द्रीय समिति सदस्य, जिल्ला कमिटी सदस्य, महकुमा कमिटी सदस्य अनि सम्पूर्ण भातृ सङ्गठनका सभापति तथा सचिवको उपस्थिति रहेको दलका युवा नेता केशवराज पोख्रेलले बताएका छन्।

‘जनताले हामीमाथि राखेको विस्वास टुट्न दिनेछैनौं’, केशवले सभापछि पत्रकारहरूसँग बोल्दै भनेका छन्। 

सभाले विनय तामाङको राजीनामापत्र औपचारिक रूपमा दलले स्वीकार गरेको पनि उनले घोषणा गरेका छन्। 

हामी विनय तामाङमाथि टिकीटिप्पणी गर्न चहाँदैनौं, अनि उनको भविष्यको निम्ति शुभकामना दिन्छौं’, केशवले भने। 

अहिलेको निम्ति कार्यकारी अध्यक्ष अनि महासचिव दुवै पद अनित थापासँग रहने पनि उनले जानकारी गराएका छन्। 

विनय तामाङको अध्यक्षतामा विघटन गरिएका सम्पूर्ण समष्टिहरूलाई फेरि पुन:बहाली गर्ने वैठकले निर्णय लिएको पनि केशवले बताए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन