विमलले भने, ‘अब पनि पार्टीमाथि हक दाबी गर्नेहरू दिमाग बिग्रिएका हुन्

खबरम्यागजिन डेस्क


आज दार्जिलिङमा एक समर्थन कार्यक्रमपछि पत्रकारहरूसँग बोल्दै मोर्चा पहिलो खेमा अध्यक्ष विमल गुरूङले अब पनि पार्टीमाथि हक दाबी गर्नेहरूलाई दिमाग बिग्रिएको बताएका छन्।

‘विमय तामाङ स्वयंले झण्डा पार्टीको असली मालिकलाई फर्काउने घोषणा गरिसकेपछि अब थर्ड पार्टी कहाँबाट आयो?’, विमलले सिधै अनित थापामाथि निशाना साधेका छन्।

उनले थपे, ‘विनय तामाङ स्वयं झण्डा पहिलोचोटि फहराउँदा दार्जिलिङमा उपस्थित थिए। उनले नै झण्डा फर्काउने घोषणा गरिसकेपछि जबरजस्ती गरेर केही हुँदैन। अब पनि जबरजस्ती गर्नेहरू दिमाग बिग्रिएका हुन्।’

निर्वाचन आयोग अनि कलकत्ता उच्च न्यालयको पछिल्लो फैसला अनुसार दुई खेमाले ‘विमल खेमा’ अनि ‘विनय खेमा’ भनेर नाम चलाउनसक्ने अनि दुवै गुटले पार्टीको झण्डा पनि चलाउने बताएको थियो।

दोस्रो खेमा पार्टी पार्टीबाट विनय तामाङले राजीनामा दिइसकेपछि पनि अनित थापाले पार्टीको नाममाथि हक दावी गरेका छन्।

विनयको राजीनामापछि खरसाङमा बसेको केन्द्रीय सदस्यहरूको वैठकपछि कार्यवाहक अध्यक्ष चुनिएका अनित थापाले आफूहरूको पार्टी गोर्खा जनमुक्ति मोर्चा बताएका थिए।

कलकत्ता उच्च न्यायलयले पार्टीमाथि हकको मामिलामा अन्तिम फैसला सुनाएको छैन।

‘हामी अब विनय तामाङको सहयोगमा यो मामिला सुल्झाउनेछौं’, विमलले बताएका छन्।

यता विमलले अनितहरूलाई क्षमता भए आफ्नै पार्टी खोलेर देखाउने चुनौती समेत दिएका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन