दोस्रो खेमा मिरिक युवा मोर्चा अध्यक्षको राजीनामा

खबरम्यागजिन डेस्क


पार्टीमा आचारसंहिता नरहेको अनि जनताको हितमा काम गर्न नसकेको भन्दै आज मिरिक महकुमा समिति युवा मोर्चा अध्यक्ष योगेश गोलेले राजीनामा दिएका छन्।

‘यो पार्टी बर्खाको झरीमा मुल फुटेर निस्किएको पानी जस्तै हो। यसको स्रोत छैन। गति छैन’, योगेशले भने।

उनले मिरिक क्षेत्रमा पार्टीको लागि धेरै काम गरेको तर पार्टीले कहिल्यै यसलाई ध्यान नराखेको आरोप पनि लगाएका छन्।

‘यो बिजनेस माइन्डेड मान्छेहरूले चलाइरहेको पार्टी हो’, उनले भने  ‘यसमा पार्टीले चुनाव जित्नु अथवा हार्नुसँग कुनै मतलब छैन।’

योगेशले चुनावमा पार्टीले राम्रो नतिजा ल्याउन नसक्नुको कारण पनि खुलाएका छन्।

‘पहाडमा सबभन्दा धेर भोटर्स कमानमा छन्। तर पार्टीले कमानका मान्छेको हितमा काम गर्न सकेन। त्यसैकारण दुईवटा चुनाव हाऱ्यो’, उनले भने।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन