शान्ताले दिएको युवाहरुको सबै नियुक्ति अमान्य: छेवाङ भोटिया

खबरम्यागजिन डेस्क


विधानसभा चुनावदेखि शुरू भएको हिल तृणमूलभित्रको घर-झगडा अहिलेसम्म साम्य भएको छैन।

हाल कलकत्तामा आफ्नो राजनैतिक भ्रमणमा रहेका कालेबुङका नेता छेवाङ भोटियाले कलकत्ताबाट एक प्रेस विज्ञप्ति जारी गर्दै राज्यसभा सांसद शान्ता छेत्रीले  7 जुलाई कालेबुङ पार्टी अफिसबाट ब्याक डेट(24 जुन)-मा दिएको  सुमित छेत्री लगायतका सबै नियुक्ति अमान्य रहने बताएका छन्।

‘राज्य युवा कमिटीले मात्र जिल्ला समिति विघटन गर्न सक्छन्।  नियुक्ति दिने अधिकार पनि राज्यसँग मात्र छ’, छेवाङले यसबारे बताएका छन्।

उनले थपे, ‘कालेबुङमा तृणमूल पार्टीको साङ्गठनिक विषयवस्तुसँगै शान्ता छेत्रीले दिएको नियुक्ति बिषयमा पनि म सम्बन्धित व्यक्तिहरुसँग धेरै दिनदेखि लगातर वैठक गरिरहेको छु।’

छेवाङ अनुसार छेत्रीले दिएको नियुक्ति बिषयमा कलकत्तालाई कुनै जानकारी छैन अनि राज्यको भनाई अनुसार छेत्रीले कुनै पनि हालतमा त्यसरी नियुक्ति दिन नसक्ने बताउँदै शान्ता छेत्रीको पार्टी विरोधी कार्यप्रति उनीहरुले असहमति र असन्तुष्टि रहेको बताएका छन्।

 ‘यो हाम्रो जातिको निम्ति दुःख लाग्दो कुरो हो, किनभने अन्य समुदायको नजरमा एउटै पार्टीमा पनि हामीमा एकजुटता र मेलमिलाप छैन, हामी बाध्य छौं कलकत्तालाई जानकारी गराउँन, किनभने 2012 मा यो पार्टीको झण्डा मेरो शरिरको रगतले लत्पतिएको छ। मैले मेरो ज्यानलाई हत्केलामा राखेर भित्राएको झण्डा हो।  म कदापि कसैमाथि कसैको राजनैतिक थिचोमिचो र पार्टी विरोधी कार्य सहने छैन’,  आफूले यो  कुरा कलकत्तालाई अवगत गराएको बताउँदै छेवाङले भने।

‘कालेबुङमा भइरहेको राजनैतिक थिचोमिचो र मनोपलीको विरोधमा मैले हिज पुर्व युवा अध्यक्ष अनि हालको तृणमूल राष्ट्रिय महासचिव अभिषेक ब्यानर्जी, पार्टी अध्यक्ष लगायत अन्यलाई लिखित गुनासो दर्ज गर्न अनि सबै बिषयवस्तुहरूमाथि जानकारी गराएको छु’, छेवाङले बताए।

छेवाङले कालेबुङको जनता अनि पार्टी नेतृत्वलाई शान्ता छेत्रीको नियुक्तिमाथि कोही भ्रममा नपर्ने अनि नियुक्तिको अधिकार केवल राज्यसँग रहेको बताएका छन्।

हाल कलकत्ता भ्रमणमा रहेका छेवाङले बताए, ‘हामी शान्ता छेत्रीले दिएको नियुक्ति खारेज गर्छौं। उनले पार्टी विरोधी काम गर्न बन्द गर्नुपर्छ। घरि ब्राञ्च अध्यक्ष, घरि जिल्ला अध्यक्ष भन्न बन्द गर्नुपर्छ।’

‘आज फेरि मेरो अर्को वैठक सुव्रत बाक्चीसँग पार्टी कार्यालयमा छ। उहाँलाई पनि सबै बिषयहरुबारे अवगत गराउने छु’, छेवाङले बताए।

राज्यमा तेस्रोचोटि तृणमूल सरकारमा आएपछि दोस्रोचोटि कलकत्ता पुगेका छेवाङ भोटियाले एकजना मान्छेको निर्णयको कारण पार्टीका नेता अनि कार्यकर्तालाई विचलित नबनिदिने अपिल गरेका छन्।

‘हामी चाँडै एक धागोमा बाँधिने छौं। मैले यसबारे पार्टी सुप्रिमो लगायत सबैलाई अवगत गराएको छु। अब बाहिरी शक्तिको हस्तक्षेप पनि बन्द हुनेछ’, छेवाङको भनाई छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 mr[email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन