मलाई मानसिक रूपले असन्तुलित नभनिदिनुहोला: विनय तामाङ

खबरम्यागजिन डेस्क


‘मैले मेरो राजीनामा पत्र दिँदा पूर्ण होस अनि आफ्नो विवेकले दिएको हो । मलाई कसैले पनि मानसिक असन्तुलन भएर दिएको हो नभन्नुहोला अनि विनय तामाङ मानसिक असन्तुलन भएको व्यक्ति हो भनेर हल्ला पनि नगरिदिनुहोला। म पूर्ण रूपले मानसिक सन्तुलन भएको स्वस्थ व्यक्ति हुँ।’ विनय तामाङले आज एक विज्ञप्ति जारी गरेर भनेका छन्।

आफू डिप्रेसनमा गएको छ भनेर हल्ला नगरिदिने अनि गाउँ-घरमा आएर सोद्धा हुने विनयले बताएका छन्।

‘मसित सम्बन्धित मेरो श्रीमती अनि हाम्रो सानो परिवारमा खुशी छौं। हामी पतिपत्नीमाझ आपसी द्वन्द छैन अनि परिवारमा पनि कुनै असामान्य स्थिति छैन।’ विनयले लेखेका छन्।

‘मलाई कुनै पराया स्त्रीसितको सम्बन्ध आदि रहेको कुराहरू फैलाएर बदनाम गर्ने कुचेष्टा पनि गरिँदैरहेछ। प्रमाण छ भने जनताको अघि बताइदिने म अनुरोध गर्दछु’, उनले बताएका छन्।

आफू राजीनामा दिएर चुप लागेर बसिरहेको छु  अनि आफूले  कसैलाई नराम्रो नभनेको कुरा उल्लेख गर्दै उनले लेखेका छन्,  ‘तर आफ्नो समर्थन जुटाउन यति तल झरेर मसित राजनीति गर्छ भनेर मैले सोंचेको थिइन।’

‘यदि आजबाट कसैले पनि मेरो व्यक्तिगत र पारिवारलाई समेटेर कुनै पनि मनगडन्ते कुरा गरेर समर्थन जुटाउने कार्य गर्छ अनि त्यसको प्रमाण मैले  पाए  म कानुन अनि  न्यायलयको ढोका ढकढकाउने छु’, विनयले बताएका छन्।

अनित थापा अनि उनका सहयोगीहरूको नाममा विनयले अनुरोध गरेर जारी गरेको उक्त विज्ञप्तिमा सबैलाई स्वास्थ राजनीति गर्नुपर्ने बताएका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन