बङ्गाल भाजपा अध्यक्ष दिलिप घोषले गरे उत्तर बङ्गाल राज्य मागको समर्थन

खबरम्यागजिन डेस्क


सांसद राजु विष्ट कालेबुङ आएको बेला खबरम्यागजिनले क्याबिनेट मन्त्री जोन बारलासित सोधेको थियो, जोन बारला उत्तर बङ्गाल राज्य चाहने र राजु विष्ट बङ्गालभित्र कै पिपिएस चाहने एकैठाउँ उभिएर के सन्देश दिन खोजिएको हो?

गोर्खा राष्ट्रीय मुक्ति मोर्चाका महासचिव निरज जिम्बाले पत्रकारहरूलाई प्रश्न सोध्न रोकेपछि यसको सही जवाब न त मन्त्री बारलाले दिन सके न त सांसद राजु विष्टले।

त्यसको चार दिन नबित्दै, जोन बारला र राजु विष्टले दिनु खोजेको सन्देश स्पष्ट बनेको छ।

आज पश्चिम बङ्गालका भाजपा अध्यक्ष दिलिप घोषले जोन बारलाको उत्तरबङ्गाल राज्यको मागलाई समर्थन गरेका छन्। उनले भनेका छन्, ‘उत्तरबङ्गाल राज्यको माग उठ्दैछ भने, त्यो ममता व्यानर्जीको कारण हो। किनभने उत्तरबङ्गाललाई विकास, शिक्षा, स्वास्थ्यलगायत सबै क्षेत्रबाट बञ्चित गरिएको छ।’

आज जोन बारलाले  दिलिप घोषसित भेटेका थिए। यसै अवसरमा घोषले उत्तरबङ्गाल राज्यको पक्षमा आफ्नो मत राखेका हुन्।

‘जोन बारला जनप्रतिनिधि हुन् जनताको कुरा सुन्ने उनको दायित्व हो। जोन बारलाको मुद्दामा भाजपाले विचार गर्नेछ। गोर्खाल्याण्डको मुद्दा त धेरै अघिदेखि चलेको हो, ममता व्यानर्जीले गोर्खाल्याण्ड माग्नेहरूसित सम्झौता गरेर सरकार पनि चलाइसकेको छ। त्यतिखेर त प्रश्न उठेन त?’ घोषले सोझो रूपमा ममतामाथि प्रश्न गरे।

उनले थपे, ‘गोर्खाल्याण्डको मागलाई जिवित राखेर जब जिटिएमा हस्ताक्षर गरियो, त्यतिबेला विछिन्नतावादीको कुरा उठेन। जब हामी उत्तरबङ्गालको जनताको आवाज सुनिरहेका छौं, तब चाँही हामी कसरी विछिन्नतावादी भयौं?’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन