सांसद राजु विष्टलाई ह्यान्डसम प्याकेजमा ल्याइएको प्रमाणित- केशवराज पोखरेल

केशवराज पोखरेल, प्रवक्ता, गोजमुमो

खबरम्यागजिनडेस्क


केशवराज पोखरेलले सांसद राजु विष्टलाई ह्यान्डसम प्याकेजमा ल्याइएको प्रमाणित भएको बताएका छन्। उनले एउटा विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘सांसद राजु विष्ट प्याकेजमा ल्याइएको सांसद थिएछन्। गोरामुमो अनि अन्य गठबन्धन राजनैतिक दलहरूले मुद्दाको लागि होइन पैसाको लागि राजु विष्टलाई सांसद बनाइएको थिएछ। अजय एडवर्डज्यूको बयानले हामीले भनिरहेको कुरा सत्य साबित गरिदिएको छ।

पोखरेलहरूले बारम्बार पहाडमा बाहिरबाट ल्याइने सांसदहरू जनताको मुद्दाको लागि होइन तर  पहाडका दलहरूले मोटो रकमको प्याकेज थापेर  पहाड भित्राउने गरेको आरोप बारम्बार लगाइरहेका छन्। भर्खरै अजय एडवर्डले मन घिसिङबारे दिएको वयानमा चुनाउमा पैसाको खेला चलेको भन्दै त्यसको खुलासा गर्ने बताएका छन्। एडवर्डको सोही वयानहरूले आफूहरूको आरोप पुष्टि भएको पोखरेलले जनाएका छन्।

‘पहाडमा बारम्बार भाजपाको सांसद अनि विधायकहरू भित्राएको कारण पनि प्याकेज नै रहेछ,’ पोखरेलले भनेका छन्, ‘जनता अनि पहाडवासीको सपनालाई पैसाको बिटासित साट्ने काम भइरहेको छ भनेर हामीले भनिरहेको कुरा सत्य रहेको आज आएर प्रमाणित भएको छ।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन