सिक्किमका अस्थायी शिक्षकहरूले शुरु गऱ्यो  अनिश्चितकालिन धर्ना

अन्तरर्वाता 3 अक्टोबरमै हुने हो भने पहिलेदेखि नियुक्ति पाएकाहरूलाई नै कार्यकाल विस्तार गर्नुपर्छ


गान्तोक,2 सेप्टेम्बर। सिक्किम सरकारको शिक्षा विभागले यसै सेप्टेम्बर महिनाभित्र अऩ्तर्वाता गराएर नियुक्ति आदेश दिनुपर्ने नत्र अहिलेकै नियुक्तिलाई विस्तार गर्नुपर्ने माग लिएर नयाँ अस्थायी  शिक्षक संगठनले आज बेलुकादेखि जिल्लापाल कार्यालय परिसरमा धर्ना शुरु गरेका छन्। हिजदेखि टासिलिङ सचिवालयमा स्थित शिक्षा विभागको कार्यालयमा धर्ना गर्दै पछिल्लो दुइ महिनादेखि सरकारले दिएको आश्वासनको कार्यान्वयन पर्खिएर थाकिसकेको बताउदै न्यायको गुहार लगाइरहेका शिक्षकहरू अहिले अनिश्चितकालिन धर्नामा बसेका छन्। शिक्षकहरूको पक्षमा बोल्दै रिञ्जिङ नर्बु भोटियाले भने, हामीलाई मुख्यमन्त्री स्वयंले दिनुभएको आश्वासनको आधारमा पर्खिएर बसेका थियौं तर अहिलेसम्म त्यसमा सुनवाई भएन। यसकारण हामीले हिज शिक्षा विभागमा पनि आफ्नो माग लिएर गएका थियौं तर सुनवाई भएन उल्टै त्यहाँ अपमानित गरियो त्यसैकारण हाम्रो माग पुरा नभएसम्म हामी धर्ना जारी राख्नेछौं। आज लगभग 50 जना शिक्षकको समूहले जिल्ला प्रशासन कार्यालय परिसरमा धर्ना बसेका छन्। यसलाई आफ्नो माग सुनवाई नभएसम्म निरन्तर राख्ने उनले बताए। उनले आज शिक्षा विभागले जारी गरेको 3 अक्टोबरको दिन वक इन इन्टरभ्यु लिने सूचना जारी गरेको अस्वीकार गर्ने बताए। उनले यही सेप्टेम्बर महिनामै अन्तर्वाता गरेर नियुक्ति दिनुपर्ने बताए। यदी अन्तरर्वाता 3 अक्टोबरमै हुने हो भने पहिलेदेखि नियुक्ति पाएकाहरूलाई नै कार्यकाल विस्तार गर्नुपर्ने माग राखेका छन्।  अर्कोतिर आगामी 6 सेप्टेम्बरदेखि सिक्किमभरिको 9औं देखि 12औं श्रेणी निम्ति स्कूल खोलिने भएको छ त्यसैले शिक्षकहरूले चाँडो अऩ्तर्वाता गरेर नियुक्ति दिनुपर्ने अडान अघि सारेका छन्।

यसैगरि राज्यभरिका सबै संघ संस्थालाई आफूहरूको आन्दोलनलाई समर्थन गर्न अघि आइदिने अनुरोध शिक्षकहरूले गरेका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन