किशोरको हत्याको आरोपमा दुइजना पक्राउ

गान्तोक,3 सेप्टेम्बर। पूर्व सिक्किम को पाकिम थाना अन्तर्गत पर्ने आहो याङताम गाउंमा एकजना 17 वर्षे किशोरलाई कुटेर मारिएको घटना अघि आएको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार घटना हिज रातिको हो । गान्तोकबाट लगभग 20 किलोमिटरको दूरीमा रहेको आहो याङताममा बस्दै आएको मूल रूपमा नेपाली नागरिक अजय छेत्रीलाई पिटेर मारेको आरोपमा स्थानीय पञ्चायत सदस्य मकसद सुब्बा र उनको छोरो पवन सुब्बालाई पुलिसले पक्राउ गरेको छ। मृतक छेत्रीको दाजुले दिएको बयान अनुसार राति उनको भाइ छेवैको जङ्गलमा अधमरो अवस्थामा फेला परेको थियो। उनको शरिरभरि कुटेको दाग रहेको थियो भने गुप्ताङमा धेरै पिडा हुँदैछ भनेको अनि अस्तपताल लान नपाइ मृत्युको मुखमा परेको बताउँदै न्यायको गुहार लगाए।
गंगटोक, 3 सितंबर। पूर्व सिक्किम के पाकिम थाना के तहत आनेवाले आहो यांगताम गांव में एक 17 साल के किशोर को पिट पिट कर हत्या करने की घटना सामने आया है। पुलिस सूत्रों के मुताबिक घटना गत 2 सितंबर की रात गंगटोक से 20 किलोमीटर दूर अहो यांगताम में रहने वाले मूल रूप में नेपाल के नागरिक 17 साल के किशोर की पंचायत मकसद सुब्बा और पवन सुब्बा को पिट पिट कर हत्या कर दी गई। घटना के बारे में पुछने पर मृतक के भाइ ने बताया कि मेरे 17 वर्षीय भाइ अजय छेत्री को पास के जंगल में नग्न अवस्था में पाया। उसके पूरे शरीर पर चोट के निशान थे। उस के गुप्तांग में पिडा होने की बात बार बार दोहोरा रहा था। जब अस्पताल ले जाने की प्रयास किया जा रहा था तब उस की मौत हो गयी।
अर्कोतिर आरोपी मकसद सुब्बाले मिडियामा मृतक किशोरलाई बाँसको भाटाले पिटेको कुरा स्वीकार गरे। आरोपी सुब्बाले भने, मेरी नातिनीको कोठामा राति 1 बजी उक्त केटा छिरेको रहेछ नातिनी चिच्याएको सुनेर कोठामा जाँदा निर्वस्त्र अवस्थामा थियो र मैले बाँसको भाटाले पिटेकै हो। भागेर बालकोनीबाट फाल हानेको थियो। त्यसपछि गयो मलाई भन्नु केही छैन्।
पुलिसले घटनाबारे प्रारम्भीक जाँचमा आरोपी 64 वर्षिय मकसद सुब्बासितै घटनामा उनको 34 वर्षिय छोरो पवन सुब्बा पनि सङ्लग्न रहेको भेटाएपछि दुवैलाई भारतीय दण्ड संहिताको धारा 302 अन्तर्गत मामिला दर्ता गरेको छ। घटनाबारे विस्तृत छानविन गरिरहेको पुलिसले बताएको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन