अस्थायी शिक्षकहरूको आन्दोलन आमरण भोक हड्तालमा परिणत

गान्तोक,3 सेप्टेम्बर। सिक्किमका अस्थायी शिक्षकहरूको आन्दोलनले अझ नयाँ मोड लिँदैछ। आफ्नो माग पुरा गराउन आन्दोलनलाई अझ कडा बनाउँदै चारजना शिक्षकले आमरण भोक हड्ताल शुरु गरे। जिल्ला प्रशासन केन्द्र परिसरमा हिज साँझदेखि धर्नामा बसिरहेका अस्थायी शिक्षकहरूमध्ये चारजनाले आजदेखि भोक हड्ताल शुरु गरेको छ। भोक हड्तालमा बस्ने अस्थायी शिक्षकहरू अनमोल शेर्पा, रिञ्जिङ नोर्बु भोटिया, पेमा लह्मु भोटिया र दिपेन्द्र शर्मा रहेका छन्। अस्थायी शिक्षकहरूले राज्य सरकारले अन्तर्वाता गराएर नियुक्तिलाई विस्तार गर्ने बचन दिएको पुरा नभएको भन्दै दुइ दिनदेखि आन्दोलनरत थिए। उनीहरूले आगामी 3 अक्टोबरको दिन शिक्षा विभागले डाकेको अन्तर्वाताको सूचनालाई अस्वीकार गरेर यही महिनामा भित्र अन्तर्वाता गराएर नियुक्ति दिनुपर्ने अथवा पहिलेको नियुक्तिलाई नै विस्तार गर्नुपर्ने माग गरिरहेका छन्। यसैगरि उनीहरूले राज्य सरकारले दिएको बचनलाई पुरा नगरेको आरोप लगाउँदै शिक्षकहरू निक्कै भावुक बन्दै आफ्ना माग अघि राखेका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन