गिफ्टमिल्क कार्यक्रम अन्तर्गत सिक्किमको 10 हजार विद्यार्थीलाई समावेश गराउनुपर्छः मङ्गलजीत राई

गान्तोक, 04 सितम्बर।

नेशनल कोअपरेटिव फेडरेशन अफ इण्डिया-का अध्यक्ष मङ्गलजीत राईले राष्ट्रिय डेरी विकास बोर्डका अध्यक्ष मिनेश शाह सित भेट गरे। गुजराजको आनन्दमा भएको भेटघाट कार्यक्रममा डायरी कोअपरेटिवसित जोडिएका किसानहरूका उद्देश्यलाई सुरक्षा गर्न र विकास गर्ने दिशामा चर्चा गरिएको थियो। बोर्डका अध्यक्ष शाहलाई गिफ्ट मिल्क कार्यक्रमको निम्ति अध्यक्ष राईले धन्य ज्ञापन गरे।
उक्त कार्यक्रम पोषणको निम्ति राष्ट्रिय डेरी विकास बोर्ड फउण्डेसनले गरेको पहिलो प्रयास हो भने यसमा दुई सय मलिलिटरको भीटामिन ए र डी युक्त सुगन्धित दुधको पोका विकास गरिएको छ। जुन डायरी कोअपरेटिवको सीएसआर अन्तर्गत सबै पाठशालाका विद्यार्थीहरूलाई वितरण गरिनेछ। यसमा लक्षित वर्ग समूह हेर्दा पाँच देखि 15 वर्षसम्मका प्राथमिक र अपर प्राथमिक श्रेणीका सरकारी स्कूलहरूमा वितरण गरिनेछ।
यसका साथै गरीब नानीहरूको निम्ति सञ्चालित स्कूल, गैर सरकारी संस्था र चेरेटी समर्थनहरूको निम्ति पनि उपलब्ध गराइनेछ। यसैगरी सिक्किममा यो कार्यक्रम राष्ट्रिय डायरी विका बोर्ड आनन्द-द्वारा प्रायोजित गरिएको छ। जुन राष्ट्रिय राजमार्ग अनि पूर्वाधार विकास लिमिटेडको सीएसआर कार्यक्रममा रहेको छ। यसको निम्ति सिक्किम मिल्क युनियनद्वारा दुध उपलब्ध गराइँदैछ। यसको शुरूवात 9 फरवरी 2021 देखि भइसकेको छ।
अहिले यस परियोजनाबाट 1500 विद्यार्थी लाभान्वित छन् भने अध्यक्ष राईले बोर्डका अध्यक्षलाई 1500बाट 10,000 विद्यार्थीलाई कार्यक्रममा शामेल गराउने आग्रह गरेका छन्। यसैगरी उनीहरूले बैठकमा सिक्किममा 80वटा फ्लेक्सी बायोगेस प्लाण्ट स्थापना गर्ने विषयमा पनि चर्चा गरेका थिए। अर्कोतिर अध्यक्ष राईले हालै केन्द्रिय कर्पोरेशन मन्त्री अमित शाहसित भएको बैठक र आउँदो भारतीय डेरी सम्मेलनको कार्यक्रमबारे पनि चर्चा परिचर्चा गरिएको जानकारी दिएका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन