लोवर बुलुङमा पैह्रोले दुइ घर क्षति, राहतको निम्ति डिपिओलाई सम्पर्क गर्दा फोन नउठेको गुनासो

वर्षायामको पह्रो जाने गरेकोले खंड बिकास र महकुमा कार्यालयमा पीडित परिवारलाई तत्काल राहतको निम्ति दिनुपर्ने सामानहरुको अभाव भएका कारण जिल्लामा डिपिओ सुवास सुब्बालाई सम्पर्क गर्दा फोन नै नउठाउने कुरा प्रमाणित भएको छ। यहाँसम्म कि क्षेत्र प्रभारीले यसले यस आपतकालीन समयमा फोन गर्दा पनि फोन नउठाउने गरेकोमा टोलिले खेद प्रकट गरेको छ । आपतकालीन समयमा जनताको सेवा गर्न पदभार लिएका कर्मचारीले समयमा जनताको सेवामा काम गर्न मन नगर्ने हो भने पद ओगटेर बस्न नमिल्ने बताएका छन्।

गेजिङ ०५ सेप्टेम्बर । पश्चिम सिक्किमको मानेबुङ देन्ताम क्षेत्र अन्तर्गत १९ गिताङ कर्मटार ग्राम पन्चायत इकाईको लोवर बुलुङ वार्ड नम्बर पाँच निवासी तेज बहादुर लिम्बु र श्रीमति हर्क माया लिम्बुको घर गए रातीको मुसलधारे पानीमा भीषण पह्रो जाँदा पुर्णरूपमा क्षति भएको छ। घरमाथि थापाडाँडा जाने बाटो खनेको समयमा कतिपय गाउँलेहरुले पैसा थापेर ठेकादारलाई माटो फ्याँक्ने ठाउँ दिएकाले माटो फेकिएकै कारण बर्खामा पहिरो खसेको स्थानीय गाउँलेहरुले बताएका छन् । राति झण्डै १२:३० बजी गएको पहिरो खोलापारीका गाउँलेहरुले थाहा पाएर फोन गरेपछि मात्रै आफुहरु भागेर बाँच्न सफल भएको पीडित परिवार बताउँछन् ।

रातको समय भएकोले पह्रोले के कति क्षति पुरायो भन्ने कुरा बिहानमात्रै थाहा पाएको पिडीत परिवारले बताए। तेज बहादुर लिम्बुको एकतले भवन मुख्यमन्त्री आवास योजना अन्तर्गत बनिएको अनि हर्क माया लिम्बुको चाहिँ आफ्नै लगानीमा दुईतले काठको घर पुरेको छ। तर तेज बहादुरको परिवार चाहिँ आफ्नो घरमा नबस्ने गरेको हुनाले घरबाहेक कुनैपनि सामानहरुको क्षति नभएको थाहा लागेको छ। यता हर्कमायाले आफ्नो पिडा सुनाउँदै “घर गए पनि ज्यान बाँच्यो तर छोराछोरीको दसौं र बार्हौ श्रेणीको मार्क्ससिट र सबै प्रमाणपत्रहरु पह्रोले पुरेको भन्दै भक्कानिएर रोएकी थिईन। यस बाहेक दशैका लागी पालेको सुँगुर र दर्जन कुखुरा पनि पहिरोले सखाप बनाएको छ ।आज बिहान उक्त घटनाको जानकारी पाएपछि क्षेत्र प्रभारी पुर्णहाङ सुब्बा ,देन्ताम महकुमा अधिकारी एन के कार्की सेबको अध्यक्ष जे बि ताम्लिङ ,एसकेएम पार्टीको प्रचारप्रसार शाखाको उपाध्यक्ष प्रभारी बिरेन्द्र ताम्लिङ ,खंड बिकाश अधिकारी , क्षेत्र अध्यक्ष जनार्दन बस्नेत ,युवा संयोजक राजमान गुरुङको एक टोलीले पह्रोग्रस्त इलाकामा पुगेर नोक्सानीको जानाकरी लिएको प्रचार प्रसार शाखाबाट मिलन सर्मपणले जानकारी दिएका छन् ।

वर्षायामको पह्रो जाने गरेकोले खंड बिकास र महकुमा कार्यालयमा पीडित परिवारलाई तत्काल राहतको निम्ति दिनुपर्ने सामानहरुको अभाव भएका कारण जिल्लामा डिपिओ सुवास सुब्बालाई सम्पर्क गर्दा फोन नै नउठाउने कुरा प्रमाणित भएको छ। यहाँसम्म कि क्षेत्र प्रभारीले यसले यस आपतकालीन समयमा फोन गर्दा पनि फोन नउठाउने गरेकोमा टोलिले खेद प्रकट गरेको छ । आपतकालीन समयमा जनताको सेवा गर्न पदभार लिएका कर्मचारीले समयमा जनताको सेवामा काम गर्न मन नगर्ने हो भने पद ओगटेर बस्न नमिल्ने बताएका छन् ।पह्रोले बसाइँ नै उठाएको परिवारलाई सोही जिपियुको अधिनस्थ खाली रहेको बाँस शिल्प केन्द्रमा अस्थायी रूपमा सारिएको छ भने सरकारबाट पाउने सहयोग र सुबिधाहरुको बारेमापनि तुरुन्तै पहल गर्नेपनि प्रभारी सुब्बाले वचन दिएका छन। यसका साथै प्रभारी सुब्बाले तत्काल चाहिने सामाग्रीहरु जस्तै चामल,दाल,लत्ताकपडा,कम्बल,तन्ना सिरानी,सिलिन्डर ग्यास भाँडा बर्तन,चप्पल आदि पीडित परिवारलाई सुम्पेका छन् । बिरेन्द्र ताम्लिङ र जंग ताम्लिङले आर्थिक सहयोग दिलाएका छन। केएन शर्मा

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन