विभागीय मन्त्री पुगे मेङ्गलीको पैह्रो प्रभावित क्षेत्रको निरिक्षण भ्रमणमा

गान्तोक, 8 सेप्टेम्बरः सिक्किमका जन स्वास्थ्य अभियांतिकी तथा जल संसाधन विभागका मन्त्री भीमहाङ सुब्बाले आज दक्षिण सिक्किमको याङ्गाङमा विभिन्न पैह्रो प्रभावित स्थलको भ्रमण गरेर क्षति बारे जायजा लिए। मेङ्लीमा पैह्रोले क्षतिग्रस्त बनेको हरिदास पोखरेलको घरको नीरिक्षणसितै प्रभावित परिवारसित पनि मन्त्रीले भेट गरे। यस अवधि उनले हरिदासको पोखरेलको घरमा थप क्षति हुन नदिनका लागि गरिनुपर्ने कार्यको जायजा लिए। मन्त्री भीमहाङ सुब्बाको साथमा क्षेत्र विधायक राजकुमारी थापा र सम्बन्धित विभागीय अधिकारी र पचायतहरूको पनि उपस्थिति रहेको थियो।

प्रभावित घरको भ्रमणपछि यहाँ सबै विभागले मिलेर सुरक्षाका पहल गर्नुपर्ने र त्यसका लागि आगामी 11 सेप्टेम्बरमा विभागीय अभियानता टोलीले पूर्ण जायजा लिने जानकारी पाइएको छ। मन्त्रीले सुरक्षाको तत्काल पहलस्वरूप पीएमजीएसवाई सड़कको ढल निकासी व्यवस्थालाई सुदृढ गराउनुपर्ने निर्देश दिएका छन्। यस बाहेक प्रभावित परिवारलाई विभागको पक्षबाट हुने सहयोग र सुरक्षाका कार्य गरिदिने आश्वासन दिए। थप पैह्रो नजाओस भनेर सुरक्षा पर्खाल लगाउन केही समय लाग्न सक्ने भएकाले ढल निकासीको काम भने तुरन्तै गर्न मन्त्रीले निर्देश दिएको थाहा लागेको छ।

अर्कोतर्फ मेङ्ली गाउँको तल्लो किनारमा रहेको राम्फू खोलाले गाउँतर्फ पुर्याउँदै गरेको क्षति बारे जायजा लिएपछि मन्त्री भीमहाङ सुब्बाले यसको सुरक्षाका लागि एउटा एस्टिमेट तयार पार्न निर्देश दिएको बताइएको छ। मन्त्रीले मन्दिरमा सरण लिएका हरिदास पोखरेलको परिवारका सदस्यहरूसित पनि भेट गरे उनीहरूको स्थितिबारे जानकारी लिए।

मन्त्री भीमहीङ सुब्बाले आज अप्पर याङ्गाङको ढप्परमा पर्यटन विभागअन्तर्गत निर्माणाधिन प्रोजेक्ट साइटदेखि लिएर मेङ्लीसम्मको भ्रमण गरे। सम्पूर्ण भ्रमणको क्रममा सड़क मार्गमा सही ढल निकासी व्यवस्थापन नभएकाले यहाँबाट ओभरफ्लो भएको पानीले पैह्रो गएको पाइएकाले यस समबन्धमा ठोष पहल गर्नुपर्ने मन्त्री निर्देश दिएका छन्। उनले याङ्गाउ उच्चतर माध्यमिक विद्यालयको पनि भ्रमण गरे जहाँ शौचालय नजिकमा पैह्रो झरेकाले विद्यालय भवनलाई पनि क्षति पुग्ने सम्भावना बढेको छ। विभागका सचिव, अतिरिक्त मुख्य अभियन्ता, जनकार्य तथा पर्यटन विभागका अधिकारी साथै याङ्गाङका एसडीएम र बीडीओ पनि मन्त्रीसितको भ्रमणमा सामेल थिए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन