आन्दोलन समाप्त गरेर वार्तामा आउनुपर्ने अल सिक्किम एडहक टिचर्स एण्ट टेम्पोरेरी इम्प्लोइज एसोसिएशनले दियो सुझाउ

गान्तोक, 8 सेप्टेम्बरः सिक्किमका अस्थायी शिक्षकहरूले गरिरहेको आन्दोलन र भोक हडताललाई समाप्त गराएर सरकार र विभागसित वार्ताको माध्यमबाट समस्या समाधान गराउने विभिन्न पहल शुरु भएको छ। यसै क्रममा आज अल सिक्किम एडहक टिचर्स एण्ट टेम्पोरेरी इम्प्लोइज एसोसिएशनले पत्रकार सम्मेलन मार्फत आन्दोलनरत अस्थायी शिक्षकहरूलाई भोक हडताल र प्रदर्शनी समाप्त गरेर वार्तामा आउन आग्रह गरेको छ। एसोसिएशनका विभिन्न प्रतिनिधिको उपस्थितिमा केन्द्रिय कार्याकारी समितिका सदस्य राजेश दाहाल र सल्लाहकार आशिष लेप्चाले अस्थायी शिक्षकहरूले गरिरहेको आन्दोलनलाई समाप्त गरिदिन आग्रह गरे।

कुनै पनि समास्याको समाधान वार्ताको माध्यमबाट मात्र हुन्छ भन्ने किटान गर्दै वक्ताद्वय दाहाल र लेप्चा दुवैले अस्थायी शिक्षकहरूलाई समस्याको समाधानका लागि वार्तामा आउन आग्रह गरे। पत्रकार सम्मेलनमा बोल्दै राजेश दहालले वर्तमान सरकार अस्थायी शिक्षकहरूको समस्या समाधानका लागि गम्भीर रहेको दाबी गरे। उनले भने, अस्थायी शिक्षकहरूले पछिल्लो सरकारदेखि नै समस्याको सामना गर्दै आएको हो। हामीले पूर्व सरकारमा पनि हाम्रा समास्या राखेका थियौं, तर सुनवाइ भएन। वर्तनाम सरकारले हामीले राखेका दुईवटा महत्त्वपूर्ण मागलाई गम्भीरताका साथ लिएर अस्थायी शिक्षकहरूको पक्षमा ऐतिहासिक निर्णय गरेको।

वर्तमान सरकारले आठ वर्ष पुगेका अस्थायी शिक्षकलाई स्थायी गर्ने र अस्थायी शिक्षकको नयाँ भर्ति प्रक्रियाका माध्यमबाट एकै पल्टको अन्तरवार्तामा आठ वर्षको अस्थायी नियुक्ती र त्यस पछि गराउने स्थायीकरणको फैसला सबैका लागि फाइदाजन हुने दाहालले दाबी गरे। यस निर्णयका लागि सरकारप्रति आभार व्यक्त गर्दै उनले आन्दोलनरत शिक्षकहरूलाई आन्दोलन समाप्त गर्न अपील गरे। अस्थायी शिक्षकहरूले गरिएको आन्दोलन समाप्त गरेको खण्डमा आफूहरूले  आन्दोलनरत शिक्षक र सरकारमाझ वार्ता गराउन सेतुको रूपमा काम गर्ने बताए।

अर्कोतर्फ एसोसिएशनका सल्लाहकार आशिष लेप्चाले लगातारको भोक हडताल र प्रदर्शनीले अस्थायी शिक्षकहरूको स्वास्थ्यमा प्रतिकुल असर पर्ने र साथै यसले शिक्षक र सरकारमाझको सम्बन्ध पनि बिग्रिएर जाने दाबी गरे। आन्दोलनरत शिक्षक तथा सरकारमाझ वार्ताको माध्यमबाट समस्याको समाधान निकाल्न आफूहरू प्रतिवद्ध रहेको दाबी गर्दै तथा आन्दोलनतर शिक्षकहरू आफ्नो अड़ानमा नै रहे यसबाट समाधानको बाटो नखुलिने बताए। उनले अस्थायी शिक्षकहरूलाई प्रदर्शनी र भोक हडताललाई समाप्त गरेर वार्तामा आउन आग्रह गर्दै यदि पछि गएर सरकार पक्षले दिएको वचन पूरा गर्न नसकेको खण्डमा आफूहरू पनि आन्दोलनरत शिक्षकहरूको पक्षबाट सरकारलाई दबाउ दिन तयार रहेको बताए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन