पार्टीको बाचाअनुसारको कार्य संस्कारमा परिवर्तन गर्न सल्लाहकार,अध्यक्षहरूको भूमिका निराशाजनकः मुख्यमन्त्री तामाङ

“हामीले जुन सपना लिएर सरकारमा आयौं अनि उदोन्न्ति अनि पार्टी र सरकारले सुम्पिएको दायित्वहरू पुरा गर्न मुख्यमन्त्रीका सल्लाहकारहरू, विभागीय अध्यक्ष, विभागीय सल्लाहकार तथा अन्य पदमा नियुक्त भएका पार्टीका वरिष्ठहरूलाई सरकार परिवर्तन मात्रै होइन जनताको आकाङ्क्षाअनुसार र हाम्रो पार्टीको वाचाअनुसारको कार्य        संस्कारलाई परिवर्तन गर्न वहाँहरूको भूमिका अहम् हुनेछ भन्ने आशा गरेका थियौ, तर आज सबै निराशजनक भएको छ।”


गान्तोक, 12 सेप्टेम्बरः सिक्किमको सत्तारूढ दल सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टी अध्यक्ष तथा मुख्यमन्त्री प्रेमसिंह तामाङले आज पार्टीको युवा विकास कोषबाट विभिन्न निर्वाचन क्षेत्रका 26 जना कार्यकर्तालाई व्यवसाहिक वाहन र दुईजनालाई मोटरबाइक प्रदान गरे। सम्मान भवनमा आयोजित कार्यक्रम अवधि पार्टी कार्यकर्तालाई जीविकोपार्जनको सयहोग स्वरूप वहान वितरण गरिएको मुख्यमन्त्रीले बताए। यस अवसरमा राज्य सरकारको पक्षबाट चारै जिल्लाका 400 जनालाई सरकारी नोकरीको नियुक्तिपत्र, 29 जनालाई मुख्यमन्त्री विवेकाधिन कोशबाट छात्रवृत्ति र 33 वटा गैर सरकारी सङ्गठन र व्यक्तिलाई व्यवसायिक कार्यका लागि आर्थिक सयहोग प्रदान गरे।

एसकेएम पार्टीको युवा प्रकोष्ठले आयोजन गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री तामाङले कोभिड महामारीका कारण सबै आर्थिक गतिविधि ठप्प भएको परिस्तिथिमा पनि राज्य सरकारले जनताको काममा रोकावट हुन नदिएको बताए। गरीब तथा परिवारमा कोही पनि नोकरी गर्ने सदस्य नभएका परिवारका एकजनालाई सरकारी नोकरीको नियुक्तिपत्र आज प्रदान गरिएको जानकारी गराउँदै यो नियुक्ति आठ वर्षपछि स्थायी हुने बताए।

राज्यमा अस्थायी शिक्षकहरूको भलाइलाई लिएर सरकारले तयार पारेको आठ वर्षे नीतिलाई फिर्ता नलिने सरकारले विचार गरिरहेको मुख्यमन्त्री तामाङले बताएका छन्। हिजो एसकेएम सरकारको विधायक दलको बैठकमा यो नीति फिर्ता लिने निर्णय भएको राज्यका स्वास्थ्य मन्त्री र शिक्षा मन्त्रीले जानकारी दिएका थिए भने आज मुख्यमन्त्री तामाङले बहुसङ्ख्य अस्थायी शिक्षकहरूको निर्णयलाई सरकारले मान्ने बताए। तथापी नयाँ नीतिलाई फिर्ता लिने या नलिने भन्ने उनले स्पष्ट नपारे पनि बहुसङ्ख्यको निर्णय मान्ने कुराले सरकार यो नीति फिर्ता नलिने पक्षमा रहेको स्पष्ट भएको छ। अर्कोतर्फ नोकरी एक्टेन्सनको अडानमा प्रदर्शन र हडताल गरिरहेका केही अस्थायी शिक्षकहरूले पनि आजदेखि आफ्नो आन्देलन समाप्त गरेपछि नयाँ नीतिलाई नै अघि लाने पक्षमा सरकार रहेको मुख्यमन्त्रीले सङ्केत दिए।

मुख्यमन्त्री प्रेमसिंह तामाङले आज सम्मान भवनमा आयोजित एउटा कार्यक्रमलाई सम्बोधन गर्दै भने, “राज्यका अस्थायी शिक्षकहरूलाई लामो समयदेखि भएको अन्यायबाट न्याय दिलाउन हामीले आठ वर्ष सेवा पुगेकालाई स्थायी गर्ने र नयाँ अस्थायी नियुक्ती हुनेलाई एकै पल्टमा आठ वर्षको अस्थायी सेवाको आदेश दिने र त्यसपछि स्थायी बनाउने नीति निर्धारण गरेका थियौं। यसले पुराना अस्थायी शिक्षकलाई न्याय हुने र अस्थायी रूपमा नयाँ नियुक्ती हुनेले पनि घरी-घरी आदेश  नविकरण  गर्नु नपर्ने र शितकालिन विदाको वेतन पनि नकाटिने व्यवस्था रहेको थियो। तथापी कतिपयले आठ वर्षे नियम पनि चाहियो र नोकरी रिनिउ पनि गरिनुपर्छ भन्ने मागमा आन्दोलन गरेकाले दुवै नीति एकैसाथ अघि बढ़ाउन सकिंदैन भनेर आठ वर्षमा स्थायी हुने नीति फिर्ता लिने निर्णय गरिसकेका पनि थियौं। अब कुन नीतिलाई अघि बढाउने भन्ने निर्णय बहुसङ्ख्याकको पक्षलाई सुनेर गर्नेछौं।”

पूर्व सरकारको कार्यकालमा शिक्षा विभाग सबैभन्दा लथालिङ्ग भएको आरोप लगाउँदै वर्तमान सरकारले यसलाई सम्हाल्ने काम गरिरहेको मुख्यमन्त्रीले बताए। उनले भने,“हामी राज्यको शिक्षा प्रणालीलाई सुद़ृढीकरण गराउने काम गर्दैछौं। पूर्व सरकारले अस्थायी शिक्षकहरूलाई पनि स्थानान्तरण गरेर चारैपट्टी पुर्‍याएको थियो। हामीले एकपल्ट अवसर दिएर उनीहरूलाई आःआफ्नो स्थानमा फर्काएका छौं भने अब अस्थायी नियुक्ति पाउने नियुक्ति पाएको स्थानमा नै आठ वर्ष सेवा पुर्‍याउनु पर्नेछ। पूर्व सरकारले कहिल्यै पनि अस्थायी शिक्षकको समास्या सम्बोधन गरेन्, उनीहरूको समस्यालाई चुनावी मुद्दामात्र बनायो। हामीले आर्थिक सङ्घर्ष गर्दै भएपनि आठ वर्ष पुगेकालाई स्थायी गर्ने नियम बनाएका छौं र नयाँ नियम लागू भए एनसीटी मानदण्ड पूरा गरेका अस्थायी शिक्षक स्थायी हुनेछन्।”

मुख्यमन्त्री तामाङले मुख्यमन्त्रीका सल्लाहकार, विभागीय अध्यक्ष, सल्लाहकारहरूको अकर्मण्यता प्रति असन्तुष्टि रहेको आशय व्यक्त गर्दै  भने- “हामीले जुन सपना लिएर सरकारमा आयौं अनि उदोन्न्ति अनि पार्टी र सरकारले सुम्पिएको दायित्वहरू पुरा गर्न मुख्यमन्त्रीका सल्लाहकारहरू, विभागीय अध्यक्ष, विभागीय सल्लाहकार तथा अन्य पदमा नियुक्त भएका पार्टीका वरिष्ठहरूलाई सरकार परिवर्तन मात्रै होइन जनताको आकाङ्क्षाअनुसार र हाम्रो पार्टीको वाचाअनुसारको कार्य संस्कारलाई परिवर्तन गर्न वहाँहरूको भूमिका अहम् हुनेछ भन्ने आशा गरेका थियौ, तर आज सबै निराशजनक भएको छ।”

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन