सिक्किम र सिक्किमे जनताको सुख-दुःखमा आफ्नो जीवनको अन्तिम समयसम्म साथ दिनेछुः पवन चामलिङ

गान्तोक,13 सेप्टेम्बर। सिक्किमका प्रमुख विपक्षी दल सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) का अध्यक्ष तथा पूर्व  मुख्यमन्त्री पवन चामलिङले आफ्ना सामाजिक भ्रमणको क्रममा पश्चिम सिक्किमअन्तर्गत योकसम-टासिडिङ निर्वाचन क्षेत्रको विभिन्न गाउँहरूमा पुगे।  पश्चिम सिक्किमको सामाजिक भ्रमणमा निस्किएका एसडीएफ प्रमुख  चामलिङलाई बिहान १०बजी टासिडिङ रङ्‌गीत पूलमा एसडीएफ पार्टीका वरिष्ठ नेता-नेत्रीगण, युवा-चेली तथा स्थानीय जनताले टीका, खदा-मालासहित भव्य स्वागत जनाए। पवन चामलिङ जिन्दावाद, गरिबको नेता आयो है जस्ता गगन भेदी नाराको गुञ्जनसहित अपार जनताले खदा-माला अपर्ण गर्दै अध्यक्ष चामलिङलाई स्वागत जनाएका थिए।

आफ्नो सामाजिक भ्रमणको क्रममा एसडीएफ अध्यक्षले गाङ्‌गेप, च्याखा, थाङचुङ, टासिडिङ बजार, मेर्दाङ, च्याकथाङ, लेकसेप, रेसि आदि गाउँका शोकाकूल परिवारहरूलाई भेटेर सम्वेदना व्यक्तगरे। यसैक्रममा उनले  स्थानीय वयोवृद्ध र बिमारीहरूलाई भेटेर सुस्वथ्य अनि दीर्घायुको कामना पनि पनि चडाए।

स्थानीय जनताले पूर्व मुख्यमन्त्री चामलिङलाई  तपाईंको नेतृत्व नभएकोले सिक्किम र सिक्किमे जनताले दुःख भोग्न परिरहेको छ भनी गुनासो व्यक्त गरे। यसका साथै उनलाई जनताले सिक्किमको लागि फेरि पनि नेतृत्व तपाईंले नै दिनुपर्छ भनी विन्ति गरे। पूर्व मुख्यमन्त्रीले सिक्किम र सिक्किमे जनताको सुख-दुःखमा आफ्नो जीवनको अन्तिम समयसम्म साथ दिने मन्तव्य भ्रमण अवधिमा जाहेर गरे। आजको भ्रमणमा पार्टीका सबै तहका पदाधिकारीहरूले उपस्थिति जनाएका थिए भनि प्रचार प्रसार मामिलाका सचिव विष्णु दुलालले प्रेस बयान जारी गरेर  जानकारी दिएका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन