डा० मुनिश तामाङ ‘नेशनल फेडरेसन फर न्यू स्टेट्स’ -का अध्यक्ष निर्वाचित, दार्जीलिङमा हुने औपचारिक पदभार ग्रहण

खबरम्यागजिनडेस्क


भारतीय गोर्खा परिसङ्घका राष्ट्रीय अध्यक्ष, डा० मुनिश तामाङ ‘नेशनल फेडरेसन फर न्यू स्टेट्स’ (NFNS) का अध्यक्ष निर्वाचित भएका छन् । फेडरेसन एउटा राष्ट्रीय मञ्च हो, जहाँ राजनैतिक अनि सामाजिक सङ्गठनहरु, नेत्रृत्वहरू अनि व्यक्ति विशेषहरू भारतमा विभिन्न राज्यदर्जाका मागहरू लिएर संलग्न भएका छन् । वर्तमानमा राज्य निर्माणको कार्यप्रणालीमा एन० एफ० एन० एस०ले गोर्खाल्याण्ड अनि उत्तर-पूर्वाञ्चलका केही राज्यहरू बाहेक बोडोल्याण्ड, विदर्भ, बुन्देलखण्ड, तिप्राल्याण्ड, लद्धाखलाई अन्तर्भुक्त गरेर कार्यसञ्चालनमा गतीशील भएको छ ।

स्मरण गराइन्छ, छुट्टै राज्यमा परिणत हुनभन्दा अघि तेलङ्गना अनि झारखण्ड पनि यही फोरमाका अभिन्न अङ्ग थिए ।

विगतका दिनहरूमा गोर्खाल्याण्ड क्षेत्रका विभिन्न राजनैतिक दलहरू जस्तैः जी० एन० एल० एफ०, सी० पी० आर० एम०, गोर्खा जनमुक्ति मोर्चा, अखिल भारतीय गोर्खा लिग, जन आन्दोलन पार्टीहरूले एनएफएसएसद्वारा भारतका विभिन्न स्थानहरूमा आयोजित विभिन्न सभाहरूमा आआफ्नो प्रतिक्रियाहरू व्यक्त गर्दै अंश ग्रहण गरेका थिए ।

दार्जीलिङमा आयोजन हुने सभामा एनएफएसएसका वरिष्ठ सदस्यहरू लगायत  त्रिपुराका क्याबिनेट मिनिस्टरहरू, बोडोल्याण्ड का सीइएम, गारो अटोनोमस काउन्सीलका डीवाई.सीइएम, लद्धाखका फर्मर सीइएम , बुन्देलखण्ड विकास परिषदका भिसी, पूर्व सांसदहरू, विधायकहरू, तेलङ्गना, विदर्भ अनि असमका अटोनोमस जिल्लाका नेत्रृत्वहरूको महत्वपूर्ण समावेश रहनेछ ।

उक्त समावेशमा डा० मुनिस तामाङले विधिवत अध्यक्षको पदभार ग्रहण गर्नेछन्, वहाँले पूर्ववर्ती अध्यक्ष, महाराष्ट्र राज्यका पूर्व एडभोकेट जनरल श्रीहरी आनेको कार्यकालपछि यो पदभार सम्हालेका हुन् ।

एनएफएसएसले आगामी दिनाङ्क २६ सेप्टेम्बर २०२१ को दिन दार्जीलिङमा गोर्खाल्याण्ड क्षेत्रका विभिन्न राजनैतिक, सामाजिक, साङ्गठानिक नेत्रृत्वहरूसित अन्तर्क्रियात्मक सभाको आयोजना गर्ने निधो गरेको छ ।

उक्त दिन २६ सेप्टेम्बर २०२१ मा नै एनएफएसएसले पत्रकार सम्मेलनको आयोजना गरेर विभिन्न पत्रकारहरूसित कुराकानी गर्नेछन् ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन