भाजपाको हस्तक्षेपको कारण गोरामुमोले विचारधारामा सम्झौता गर्नुपऱ्यो: महेन्द्र छेत्री

खबरम्यागजीन डेस्क


गोरामुमोका प्रवक्ता महेन्द्र छेत्रीले आफ्नो गठबन्धन दल भारतीय जनता पार्टीले गोरामुमोमाथि ‘नियन्त्रण’ गरेपछि गोरामुमोले आफ्नो विचारधारा अनि क्षेत्रियतामा सम्झौता गर्नुपरेको आरोप लगाएका छन्।

महेन्द्र छेत्रीले गुरामुमो अहिले केवल भाजपाको इशारामा चल्ने दल भइसकेको अनि भाजपाले अहिले पहाडका मानिसहरूलाई स्थायी राजनैतिक समाधानको नाममा केवल मूर्ख बनाउने काम गरिरहेको खुलाएका छन्।

सन् 2011 मा गोरामुमोमा सामेल बनेका महेन्द्र छेत्री दलको वरिष्ठ नेता मानिन्छन्। भाजपा विरूद्ध आएको उनको वयानले भाजपामाथि गठबन्धन दलका नेताहरू समेत दिग्भ्रमित बनिसकेको स्पष्ट गरेको छ। 

यदि भाजपा पहाडको जनताको भावनामाथि इमान्दार छ भने प्रस्तावित त्रिपक्षीय वार्ताको एजेन्डा स्पष्ट गर्नेमा के खराबी छ? छेत्रीले बताएका छन्।

सन् 2019 को चुनावको बेला चुनावी वाध्यताको कारण भाजपाले स्पष्ट रूपमा ‘अलग राज्य’, ‘केन्द्र शासित प्रदेश’ अथवा ‘छेटौं अनुसूचि’ भनेर खुलाउन नसकेको कुरा भाजपाका नेताहरूले आफूहरूलाई भनेको कुरा पनि छेत्रीले दावी गरेका छन्।

‘ यदि पहाडको जनताको भावनामाथि उनीहरू इमान्दार छन् अब त्रिपक्षीय वार्ताको एजेन्डामाथि स्पष्ट हुनपर्छ। बङ्गालमा अब कुनै ठूलो चिनाव हुनु छैन। त्यसैले उनीहरूसँग कुनै चुनावी वाध्यता छैन’, छेत्रीले बताएका छन्।

विधानसभा चुनावको बेला गोरामुमोले आफ्नो उम्मेद्वार नदिएर भाजपाको निम्ति बाटो खुल्ला गरिदिने निर्णयलाई ‘पूर्ण समर्पण बताउँदै छेत्रीले आफ्नै पार्टीको आलोचना गरेका छन्।

महेद्र छेत्रीले अहिलेसम्म गोरामुमोबाट राजीनामा दिएका छैनन्।

‘म अहिलेसम्म गोरामुमोसँगै छु। मैले राजीनामा दिएको छैन। मेरो निष्ठा त्यही पार्टीसँग हुनेछ जसले पहाडको जनताको विकास गर्छ अनि उनीहरूको समस्याको स्थायी रूपमा समाधान गर्छ’, छेत्रीले भने।

समाचार स्रोत: टेलिग्राफ

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन