सिक्किमे नेपालीलाई इमिग्रान्ट भनेको छैन भन्नेले यदी प्रमाण दिनसके म सिक्किम छोड्छु होइन भने उनीहरूले सिक्किम छोड्नु- केबी राई

“5 सेप्टेम्बरको कार्यक्रममा सिक्किमे नागरिक समाजका मुख्य संरक्षक छितेन टाशी भोटियाले सिक्किम सब्जेट सार्टिफिकेट (एसएससी) र सीओआई भएका सिक्किमेहरू ईमिग्रान्ट नरहेको र कतिपय राजनीतिज्ञले लगाएको दाग मात्र हो भन्दै यस्ता विषयलाई अन्त गरिनुपर्छ भनेका छन्। हो पनि मान्छु सिक्किमे नेपाली समुदायमा लागेको इमिग्रान्टको दाग हटाउनुपर्छ। तर के त्यसका लागि रेभिन्यू अर्डर नम्बर वानमा बीएल समुदायको जमिन बीएलमा मात्र किनबेचको प्रावधानलाई हटाएर एसएससी र सीओआई भएका नेपालीले पनि सराबरी किनबेच गर्न पाउनुपर्छ भन्ने  कुरा छितेन टाशीले किन उठाउँदैनन्? बिल नम्बर 79 ले सिक्किमका चार समुदाय मध्ये किन बीएल लाई मात्र ओरिजिनल इन्हेबिटेन्ट भनेर व्याख्या गर्‍यो? किन बीएल बहेक अन्यलाई सिक्किमको सेकेण्ड क्लास नागरिक बनाइयो यसबारे जबाफ दिनुपर्छ।”


गान्तोक, 15 सेप्टेम्बरः सिक्किम रिपब्लिकन पार्टीका अध्यक्ष  केबी राईले सिक्किमे नागरिक समाजका मुख्य संरक्षक छितेन टाशी भोटिया र अध्यक्ष भरत बस्नेतको खुलेर आलोचना गर्दै आफूसित वहसमा आउन चुनौति दिएका छ। सिक्किममे नागरिक समाजले पछिल्लो 5 सेप्टेम्बका दिन गान्तोकमा आयोजन गरेको कार्यक्रमको अवसरमा छितेन टाशी भोटिया र भरत बस्नेतले राखेको वकतब्यलाई आज केबी राईले पत्रकार सम्मेलको माध्यमबाट चिरफार गरे। विशेष गरेर 5 सेप्टेम्बरको कार्यक्रममा छितेन टाशी भोटिया र भरत बस्नेत दुवैले सिक्किमे नेपाली समूदाय ‘इमिग्रान्ट’ हुन् भन्ने कुनै ऐतिहासित दस्तावेज छैन भनेर झुटो बयान दिएको दाबी गर्दै केबी राईले नेपाली समूदायमाथि लागेको ‘इमिग्रान्ट’ को दाग सम्बधमा विभिन्न दस्तावेज प्रेस सामु राखे। यसका साथै राईले आफूले राखेका दस्तावेज कसैले पनि गलत मान्छन् भने बहसमा आउन चुनौति पनि।

उनले आज आयोजित पत्रकार सम्मेलनमा भने, केबी राई कहिले पनि पनि सत्तालाई केन्द्रित राजनीतिमा छैन्। हामी दलगत राजनीतिको सीमित घेराभित्र रहेर सिक्किमे समाजलाई वास्तविक कुराबाट वञ्चित गराउँदैनौं। सबैलाई न्यासङ्गत आधारमा एक गराउने हाम्रो दर्शन हो। सिक्किमे नागरिक समाजले जुन विषय जनता सामु राख्दैछ हामी त्यसको दस्तावेजका आधारमा चिरफार गर्छौं।

केबी राईले थप भने, “5 सेप्टेम्बरको कार्यक्रममा सिक्किमे नागरिक समाजका मुख्य संरक्षक छितेन टाशी भोटियाले सिक्किम सब्जेट सार्टिफिकेट (एसएससी) र सीओआई भएका सिक्किमेहरू ईमिग्रान्ट नरहेको र कतिपय राजनीतिज्ञले लगाएको दाग मात्र हो भन्दै यस्ता विषयलाई अन्त गरिनुपर्छ भनेका छन्। हो पनि मान्छु सिक्किमे नेपाली समुदायमा लागेको इमिग्रान्टको दाग हटाउनुपर्छ। तर के त्यसका लागि रेभिन्यू अर्डर नम्बर वानमा बीएल समुदायको जमिन बीएलमा मात्र किनबेचको प्रावधानलाई हटाएर एसएससी र सीओआई भएका नेपालीले पनि सराबरी किनबेच गर्न पाउनुपर्छ भन्ने  कुरा छितेन टाशीले किन उठाउँदैनन्? बिल नम्बर 79 ले सिक्किमका चार समुदाय मध्ये किन बीएल लाई मात्र ओरिजिनल इन्हेबिटेन्ट भनेर व्याख्या गर्‍यो? किन बीएल बहेक अन्यलाई सिक्किमको सेकेण्ड क्लास नागरिक बनाइयो यसबारे जबाफ दिनुपर्छ।”

सिक्किमे नागरिक सामजले सिक्किमको इतिहासलाई सच्याउने पहल सिक्किम सरकार र भारत सरकारमा गर्छ भने आफू पनि सिक्किम रिपब्लिकन पार्टी भङ्ग गरेर यसमै सामेल ठोकुवा गर्दै यदि यसो हुँदैन् भने सिक्किमका वुद्धिजीवि वर्गले सिक्किमे नागरिक समाजमा गएर समय नष्ट गर्नु नहुने बताए। सिक्किमे नेपाली समुदायलाई इतिहासले नै  रैथाने नबताएकाले भारत सरकारले पनि यो समुदायलाई जनजातिको दर्जा प्रदान गर्छ भन्ने ग्यारेण्टी नरहेको केबी राईको भनाइ छ। यदी इतिहास सच्चाउने पहल हुँदैन भने कसैलाई नेपाली समुदायलाई अन्योलमा पार्ने अधिकार छैन् भन्दै 2016 मा सिब्ल्याक समर्थित एसकेएम विधायक सोनाम लामाले सिक्किम विधानसभामा नेपाली सीट सम्बन्धमा ल्याएको विधेयक अहिलेको सरकारमा पारित गराउन किन दबाउ भएन? भन्ने सोझो प्रश्न राखे।

राईले थप भने, “यदि छितेन टाशी भोटियाले नेपाली सीटको पक्षमा कुरा गर्छन् भने उनले नेपाली सीट मात्र होइन सिक्किम विधानसभामा प्रपरसनेट नेपाली सीट माग्नुपर्छ। किनभने सबै समुदायमा समानता हुनुपर्छ बनेर नै 1973 को आन्दोलन भएको थियो। सबैजना सामाजिक र कानूनी रूपले एक नभएसम्म एकरूपताको कुरा गर्नु व्यर्थ हुन्छ। कोहीपनि एकै ठाँउमा बस्दैमा एक हुँदैन्, कानूनना एक बनाउने पहल हुनुपर्छ। छितेन टाशीले प्रपोरसनेट नेपाली सीटको कुरा गरून् हामी पनि उनकै साथमा हुनेछौं।”

केबी राईले सिक्किमे नागरिक समाजका अध्यक्ष भरत बस्नेतको पनि खुलेर आलोचना गरे। राईले भरत बस्नेतलाई स्टेजबाट बोल्दा मात्र ‘वी आर वान’ भन्ने कुरा नगरेर कानूनी आधारमा सिक्किमे नेपाली, भोटिया र लेप्चालाई एक बनाउने पहलमा काम गर्ने चुनौति दिए। राईले भने, “सिक्किमे नागरिक समाजको मञ्चबाट बोल्दै भरत बस्नेतले कुनै पनि ऐतिहासिक दस्तावेजले नेपालीलाई इमिग्रान्ट भनेको कसैले साबित गर्नसके म सिक्किम छोड्छु भनेका छन्। हामीसित 1897 मा  एचएस रिस्लेले नेपाली अरुण नदि पारिबाट आएका इमिग्रान्ट भनेर व्याख्या गरेको दस्तावेज र अन्य धेरै दस्तावेज छन्। यदि भरत बस्नेतले आफ्नो वचनको मर्यादा राख्छन् भने यी दस्तावेजलाई आदार मानेर सिक्किम छोड्नुपर्‍यो।”

सिक्किमको रेभिन्यू अर्डर नम्बर वान लगायतका अन्य धेरै कानूनले  सामन्ति व्यवस्थाकै हिमयती गरेको दाबी गर्दै केबी राईले सिक्किममा अहिले पनि पुरानो सामन्ति व्यवस्था जस्ताको तस्तै रहेको ठहर गरे।   उनले भने, “सिक्किम अहिले पनि राजतन्त्रकै रूपमा छ जसबाट हामी यसलाई प्रजातान्त्रिक व्यवस्थामा ल्याउन चहान्छौ। हामी कानून सच्चाउने पक्षमा जानुपर्छ यो नभएसम्म जातिवादी राजनीतिको शिकार भइरन्छौं।”

एसआरपी अध्यक्ष केबी राईले पूर्व मुख्यमन्त्री पवन चामलिङलाई नेपालीलाई लागेको इमिग्रान्ट दाग हटाउन 25 वर्षको सरकारले के काम भयो? भन्ने प्रश्न गरे। उनले भने, “यो विषयमा एसआरपीले पवन चामलिङसित पनि प्रश्न गर्नेछ। पवन चामलिङले पनि मिडिया अघि आएर नेपालीमा लागेको ईमिग्राण्टको ट्याग हटाउन र लोकल प्रोटेक्सनका लागि गरेका काम बरेको बयान दिनुपर्छ।”

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन