गोर्खा लिग कार्यालय मामिला: लम्बियो अन्तरिम निषेधाज्ञा

खबरम्यागजिन डेस्क


गोर्खा लिग खेमा विवाद सम्बन्धित मामिलामा नयाँ मोड आएको छ। आज प्रताप खात्तीले आफ्नो फेसबुक पोस्टबाट सिभिल जज(सिनियर डिभिजन) दार्जिलिङले अन्तरिम निषेधाज्ञालाई २५ अक्टोबर २०२१सम्मको निम्ति लम्ब्याएको जानकारी गराएका छन्। उनले प्रतिवादी एस.पी. शर्मा, विक्रमआदी राई अनि निमा ग्याम्त्सो शेर्पा पनि आज कोर्टमा हाजिर भएको बताएका छन्।

प्रताप खेमाका अध्यक्ष मिना सुब्बाले गोर्खा लिग कार्यालयको सम्बन्धिमा हालेको मुद्दाका प्रतिवादीहरू(एस.पी.शर्मा, विक्रमआदी राई अनि निमा ग्याम्त्सो शेर्पा)लाई महाबीर बिल्डिङको पहिलो तल्ला लादेनला रोडको मामिलासँग सम्बन्धित परिसरमा जानबाट रोकिएको आदेश आज जारी भएको छ। उनीहरूलाई पार्टीको लेटर-हेड अथवा स्ट्याम्प प्रयोग गर्न नपाउने आदेश पनि जारी गरिएको छ।

यता भारती खेमाका महासचिव एस.पी.शर्माले यस आदेशले आफूहरूलाई खासै असर नगर्ने बताएका छन्।

‘मुद्दामा हाम्रो अध्यक्ष भारती तामाङको नाम छैन। मुद्दा केवल हामी तीनजना (एस.पी.शर्मा, विक्रआदी राई अनि निमा ग्याम्त्सो शेर्पा)सँग सम्बन्धित हो। भारती तामाङलाई पार्टी कार्यालय, लेटर-हेड अनि स्ट्याम्प चलाउन कुनै बन्देज छैन। उनले चलाउन सक्छिन्। यो त कोरोनाकालमा सरकारले जारी गरेको पार्सियल लकडाउनजस्तो मात्र हो’, एस.पी.शर्माले बताएका छन्।

आजको आदेश केवल एक पक्षको बयानको आधारमा जारी भएको अनि आउँदो २५ अक्टोबर २०२१ को दिन आफूहरूले कोर्टअघि आफ्नो कुरा राख्ने अवसर पाएपछि मात्र सबै कुरा स्पष्ट हुने पनि एस.पी.शर्माले बताएका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन