पूर्व मुख्यमन्त्री तथा एसडीएफ अध्यक्षले जनतासित मनाए आफ्नो 71औं जन्म दिन

पूर्व मुख्यमन्त्रीले आफ्नो जन्म दिनमा मिडियासित भने केही कुरा गरेनन्। उनलाई मिडियाकर्मीले माइक तेर्साएर तीनवटा प्रश्न गरिएको थियो यद्यपी उनले औली ओठमा राख्दै केही नबोल्ने संकेत मात्र दिए भने हाँस्दै प्रश्नको जवाफ नमस्कारले फर्काए।


गान्तोक,22 सितम्बर। सिक्किमको प्रमुख विपक्षी दल सिक्किम डेमोक्रेटिक फ्रण्ट(एसडीएफ) का अध्यक्ष तथा पूर्व मुख्यमन्त्री पवन चामलिङले आज आफ्नो 71औं जन्म दिन जनताको साथमा मनाए। इन्दिरा बाइपास स्थित एसडीएफको मुख्यालय परिसरसितै जोडिएको उनको आवासबाट जनताको स्वागतको साथमा प्रेक्षा गृहमा पसेर किराँती परम्परा अऩुसार विधि गरेपछि जन्म दिनको केक काटे। साबिक भन्दा निक्कै बाल्को संख्यामा आएका पार्टीका समर्थक र शुभचिन्तकहरूबीच लामो समय सम्म सांगीतिक कार्यक्रममा रहेर जनताको शुभकामना र बधाई ग्रहण गर्ने कार्य गरिरहेका पूर्व मुख्यमन्त्रीले आफ्नो जन्म दिनमा मिडियासित भने केही कुरा गरेनन्। उनलाई मिडियाकर्मीले माइक तेर्साएर तीनवटा प्रश्न गरिएको थियो यद्यपी उनले औली ओठमा राख्दै केही नबोल्ने संकेत मात्र दिए भने हाँस्दै प्रश्नको जवाफ नमस्कारले फर्काए।

यस भन्दा पहिले पार्टी मुख्यालयमै एसडीएफ पार्टीको विद्यार्थी मोर्चाको कार्यालय उत्घाटन उनको बाहुलीबाट गरियो भने विद्यार्थी मोर्चाको पक्षबाट आयोजन गरिएको संक्षिप्त कार्यक्रममा पनि उनले केक काटेर जन्म दिन मनाए। यसैगरि मुख्य कार्यक्रममा विद्यार्थी मोर्चाका सदस्यहरूले पार्टी अध्यक्षको नाममा सिर्जना गरिएको गीत गाएका थिए भने राज्यको चर्चित गायक भानु गुरुङले स्वरचित आऊ पवन चामलिङ बोलको नयाँ गीत प्रस्तुत गरेका थिए। यसैगरि आजदेखि नियमित रूपमा जनतालाई सामाजिक सञ्जालमार्फत सम्पर्कमा राख्न एसडीएफ पार्टीले अध्यक्षले अनलाइन रूपमा जनतालाई सम्बोधन गर्ने कार्यक्रम शुरु गरेको छ। यस कार्यक्रमको विधिवत उद्घाटन युवा सदस्यको हातबाट गरियो। सम्बोधन शीर्षक रहेको यो कार्यक्रममा एसडीएफ अध्यक्षले प्रत्यक्ष रूपमा विभिन्न मुद्दाहरूलाई लिएर सम्बोधन गर्ने बताइएको छ।

एसडीएफ अध्यक्षको जन्म दिनको अवसरमा आम जनतासितै पार्टीका वरिष्ठ उपाध्यक्ष, महासचिव तथा विभिन्न भातृ शाखाका प्रतिनिधि तथा पूर्व मन्त्री विधायकगणको बाक्लै उपस्थिति रहेको थियो।

उल्लेखनीय छ पूर्व मुख्यमन्त्री चामलिङ 22 सितम्बर 1950 को दिन् दक्षिण सिक्किमको याङयाङमा जन्मिएका थिए। उनले 1984 देखि लगातार रूपमा सिक्किम विधानसभाका सदस्य रहीआएका छन् भने पाँचपल्ट सिक्किमका मुख्यमन्त्रीको पदमा सेवा पुऱ्याएका हुन्। 2019 सालदेखि विपक्षी दल एसडीएफ पार्टीको एक्लो विधायकको रूपमा सदनका सदस्य छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन