‘सिक्किम साहित्य उत्सव’मा नेपालका चर्चित कवि नवराज पराजुलीको विशेष प्रस्तुतीसितै हुने विभिन्न साहित्यक प्रतियोगिता

पॉंचवटा नेपाली र तीनवटा अंग्रेजी पुस्तकमाथि  खुल्ला निरूपण प्रतियोगिता पनि राखिएको छ। यो प्रतियोगिता खुल्ला रहनेछ भने कसैले पनि नेपालीको छिचिमिरा, समय स्ट्रोक, किरायाको कोख, एक्टिभिष्ट अक्षर र ब्ल्याक एण्ड वाइट सिक्किममा संगीतभित्रकाहरूमाथि आफ्नो निरूपण प्रस्तुत गर्नसक्नेछन्। यसैगरि अंग्रेजीमा किङ्स हार्वेष्ट, ल्याण्ड वेयर आइ फ्लि र फ्लोक टेल्स फ्रम सिक्किम छ। दुवै वर्गका विजेताहरूलाई क्रमश: 15 हजार, 10 हजार र 7 हजार रूपियॉं प्रदान गरिने छ। इच्छुक प्रतिभागीहरूले 18 नोभेम्बरसम्म आफ्नो निरूपण पठाइसक्नु पर्नेछ।


गान्तोक, 13 नोभेम्बर। सिक्किममा आगामी 26 नोभेम्बरको दिन हुने पहिलो ‘सिक्किम साहित्य उत्सव 2021’मा नेपालका चर्चित युवा कवि नवराज पराजुलीले विशेष काव्य प्रस्तुती दिने भएका छन्। राजधानी गान्तोकमा विभिन्न साहित्यिक प्रतियोगिताको साथमा आयोजन हुन गइरहेको यो कार्यक्रममा मुख्य अतिथिको रूपमा मुख्यमन्त्री प्रेमसिंह तामाङ उपस्थिति रहनेछन्। हाम्रो वार्ता टेलिभिजनले आफ्नो स्थापनाको दोस्रो स्थापना दिवस अवसरमा आयोजन गर्न गइरहेको ‘सिक्किम साहित्य उत्सव 2021’ को आयोजक समितिले यसबारेमा पत्रकार सम्मेलन आयोजन गरेर जानकारी दिएका छन्। उत्सवमा कविता, वाक् पटुता, चित्रकारिता र पुस्तक निरूपणको निम्ति नेपाली र अङ्ग्रेजी भाषामा प्रतियोगिता हुनेछ। पत्रकार सम्मेलनमा उत्सव आयोजन समितिका अध्यक्ष आरके वालिङले दिएको जानकारी अनुसार राजधानी गान्तोकको मनन केन्द्रमा उत्सव  आयोजन गरिने छ। राज्यका विद्यार्थीहरू र युवा पीढ़ीलाई साहित्य अनि पठन संस्कृतितिर प्रोत्साहित गर्न विभिन्न साहित्यिक प्रतियोगिताहरू आयोजना गरिने अध्यक्ष वालिङले बताए। यो उत्सव मार्पत प्रतिभाहरूलाई अवसर सिर्जना गर्ने उद्देश्यले यी प्रतियोगिताहरूमा राज्यभरिकै विभिन्न स्कूलका विद्यार्थीहरूको सहभागिता सुनिश्चित गरिएको उनले जानकारी दिएकाछन्।

तीनवटा वर्गमा हुने विभिन्न प्रतियोगितामा आठौं श्रेणीसम्मका विद्यार्थीको निम्ति अंग्रेजी र नेपाली भाषामा कविता प्रतियोगिता राखिएको छ। यसैगरि 9औं देखि 12औं श्रेणीसम्म र 12औं श्रेणीदेखि माथिका विद्यार्थीहरूको निम्ति तेस्रो वर्गमा प्रतियोगिता रेहको छ। विजेताहरूलाई क्रमश 10 हजार, 7 हजार र 5 हजार रूपियाँ नगद पुरस्कार प्रदान गरिने छ। यसमा 12औं श्रेणीदेखि माथिका प्रतियोगिताका विजेताहरूलाई  भने 15 हजार, 10 हजार र 8 हजार रूपियाँ नगद पुरस्कार प्रदान गरिने अध्यक्ष वालिङले जानकारी दिए।

वाक् पटुता प्रतियोगित 12औं श्रेणिसम्मको निम्ति रहनेछ भने त्यसमा अंग्रेजी र नेपाली भाषामा प्रतियोगिता हुनेछ। विजयी प्रतियोगीलाई नगद पुरस्कार 10,7 र 5 हजार रूपियाँ प्रदान गरिनेछ। यसैगरि दशौं श्रेणीसम्म र 11औ श्रेणीदेखि स्नातक तहसम्मका विद्यार्थीहरूको चित्रकला प्रतियोगिता हुने छ भने विजेताहरूलाई क्रमश 10 हजार,7 हजार र पाँच हजार रूपियाँ नगत पुरस्कार तथा 15 हजार, 10 हजार र 7 हजार रूपियाँ नगद पुरस्कार प्रदान गरिने छ।

अध्यक्ष वालिङले उक्त सबै प्रतियोगिताहरू प्रथम चरणमा अनलाइन सम्पन्न गरिने र त्यस मध्ये उत्कृष्ट 10 प्रतिभागीलाई चयन गरेर राजधानी गान्तोकमा अन्तिम चरणको प्रतियोगिता आयोजन गरिने जानकारी दिए। 26 नोभेम्बरको दिन सबै विधाका एक-एक विजेतालाई आफ्नो प्रस्तुति दिन अवसर प्रदान गरिने छ। उक्त दिन नेपालको झापा निवासी नेपाली कविताका सेलिब्रेटी कवि नवराज पराजुलीले पनि आफ्नो विशेष प्रस्तुति दिनेछन्।

कार्यक्रममा सिक्किम तथा दार्जीलिङका सबै साहित्यकारहरूलाई निम्त्याइने अध्यक्ष वालिङले अवगत गराए।  कार्यक्रमको दिन साहित्यको क्षेत्रमा उल्लेखनीय योगदान दिॅंदै आएका सिक्किमका केएन शर्मा,बिणाश्री खरेल, चेतनराज श्रेष्ठ र रचना बुक्स तथा  दार्जीलिङका गुप्ता प्रधान र कालेबुङका डा. राजेन्द्र भण्डारी रलाई अभिनन्दन गरिने छ। यसरी नै उत्सवमा हुने विशेष कार्यक्रममा कवि नवराज पराजुलीको विशेष प्रस्तुति रहने छ भने  कवि गोष्ठीमा  सिक्किमबाट प्रवीण राई जुमेली, दार्जीलिङबाट पवित्र लामा र कालेबुङबाट मनोज बोगटीले पनि कविता वाचन गर्नेछन्।

पुस्तक निरूपण प्रतियोगितालाई हेरिरहेका प्रभारी डॉ सूचन प्रधान र सह प्रध्यापक आशिष लेप्चाले जानकारी गराए अनुसार पॉंचवटा नेपाली र तीनवटा अंग्रेजी पुस्तकमाथि खुल्ला निरूपण प्रतियोगिता पनि राखिएको छ। यो प्रतियोगिता खुल्ला रहनेछ भने कसैले पनि नेपालीको छिचिमिरा, समय स्ट्रोक, किरायाको कोख, एक्टिभिष्ट अक्षर र ब्ल्याक एण्ड वाइट सिक्किममा संगीतभित्रकाहरूमाथि आफ्नो निरूपण प्रस्तुत गर्नसक्नेछन्। यसैगरि अंग्रेजीमा किङ्स हार्वेष्ट, ल्याण्ड वेयर आइ फ्लि र फ्लोक टेल्स फ्रम सिक्किम छ। दुवै वर्गका विजेताहरूलाई क्रमश: 15 हजार, 10 हजार र 7 हजार रूपियॉं प्रदान गरिने छ। इच्छुक प्रतिभागीहरूले 18 नोभेम्बरसम्म आफ्नो निरूपण पठाइसक्नु पर्नेछ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन