कर्मचारीमाथि हात लगाउनु पऱ्यो महँगो

खबरम्यागजिन प्रतिनिधि

दार्जीलिङ, 28 मई।


आफ्नै होटलका दुइजना कर्मचारीहरुमाथि हात लगाउनुनै दार्जीलिङको महाकाल होटलका मालिकलाई हात हल्का पार्नु बराबरको सजाय भयो। गत 22 मईको दिन यसै होटलका मालिकको अर्को होटलमा काम गर्ने दुइजना कर्मचारी आफ्नो बाँकी वेतन माग्न आउँदा उनीहरुमाथि होटलका प्रबन्धक अनि अन्य कर्मचारीले हातपात गरेर घाइते बनाएका थिए। यसको विरोधमा जुस्लू (जनमुक्ति अन्अर्गनाइज्ड सेक्टर लेबर युनियन)-नै अघि आएको थियो।

फलस्वरूप होटल मालिक यी दुइ कर्मचारीमाथि हातपात गर्ने अन्य कर्मचारीलाई होटलबाटै हटाउन तयार बनेका छन् भने अब यस होटलमा काम गर्ने कर्मचारीहरूलाई होटल मालिक संगठन र जुस्लूमाझ भएको सम्झौताअनुसारको वेतन दर दिन पनि बाध्य बन्ने भएका छन्। यसैको जानकारी गराउँदै जुस्लू केन्द्रिय समितिका कार्यकारी सदस्य सत्यन गिरीले भने-महाकाल होटलका मालिक जयन्त दत्तले दार्जीलिङमा दुइवटा होटल सञ्चालन गरिरहेका छन्, जसमध्ये अर्को हो होटल निलकण्ठ।

यसै निलकण्ठ होटलमा काम गर्ने दुइजना स्थानीय कर्मचारीहरुलाई होटलले 1 महीना 12 दिनको वेतननै दिएको थिएन अनि यसको उजुरी यी दुइ कर्मचारीले जुस्लूूसमक्ष गरेका थिए। तर यसैबीच, होटलका प्रबन्धकले यी दुइ कर्मचारीलाई आफ्नो वेतन ल्याउन होटल महाकालमा आउने निम्तो दिए, तर उनीहरु होटल महाकालमा आउनसाथ उनीहरुमाथि होटलका प्रबन्धकले हातपात गर्नथाले। यसका साथै होटलका एक अर्का कर्मचारी पनि आएर यी दुइमाथि हातपात गरेका थिए र उनीहरुलाई घाइते बनाएका थिए। तर उल्टा यसै होटलले यी दुइ कर्मचारीको विरोधमा पुलिसमा उजुरी पनि दर्ता गरेको थियो। यसै विषय लिएर आज होटल मालिकसित जुस्लूको एक बैठक भएको थियो र यसमा होटल मालिक यी दुइको उपचार आदिको लागि भएको खर्चस्वरूप 13,300 रुपियाँ क्षतिपूर्ति तिर्न राजी बनेका छन्।

यसका साथै यस होटलमा 21 जना कर्मचारी छन्, तर उनीहरुलाई अतिनै कम्ति दरमा काममा लगाइएको छ, यसैले उनीहरुलाई होटल मालिक संगठन र जुस्लूमाझ भएको वेतन सम्झौताअनुसार, वेतन दिनुपर्छ, यसको लागि पनि होटल मालिकले सहमति जनाएको गिरीले जानकारी गराए। उनले बताएअनुसार, होटल मालिक संगठन र जुस्लूमाझ भएको सम्झौताअनुसार, गत वर्षको अक्टोबर महीनादेखि 20 जनाभन्दा अधिक कर्मचारी रहेका होटलले अन्-स्कील्ड कर्मचारीलाई 5,600 रुपियाँ वेतन दिनुपनेर्र् सहमति भएको थियो।

तर यस होटलले बाहिरबाट ल्याइएका कर्मचारीहरुलाई अधिक अनि स्थानीय कर्मचारीहरुलाई 3,500 देखि 3.800 रुपियाँसम्म मात्रै वेतन दिइरहेको स्पष्ट भएको छ। यसैले अब यस होटलमा काम गर्ने सम्पूर्ण कर्मचारीहरुलाई उचित वेतनका साथै अक्टोबरदेखि अहिलेसम्मको एरियर पनि दिनुपर्छ। यसमा पनि होटल मालिकले सहमति जनाएको गिरीको भनाई छ। उनले भने-यस होटलमा 21 जना कर्मचारीमध्ये 12 जना कर्मचारी बाहिरका छन्, यसैले अब यस होटलले स्थानीय कर्मचारीहरुलाईनै प्राथमिकता दिनुपर्छ। जसको लागि जुस्लूले होटल मालिकलाई एक महीनाको अल्टिमेटम पनि दिएको छ।

 

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन