मिरिक पस्यो भाजपा

मिरिक, 28 मई 2017


मिरिकमा पनि आजदेखि फुल्यो कमल। देशकै सत्तारूढ राजनैतिक दल भारतीय जनता पार्टीले आज मिरिकमा झण्डा गाडेको छ। अब मिरिकमा भाजपाले तीब्र साङ्गाठानिक बिस्तार गर्ने बताइएको छ। एक सभा गरेर भाजपा दार्जीलिङ जिल्ला अध्यक्ष मनोज देवानले भाजपाको झण्डा उत्तोलन गरे। उनले भाजपा मिरिकका संयोजकको रुपमा किशोर सिंहलाई चयन गरेका छन्। मनोज देवानले भाजपा सर्ववृहत राष्ट्रिय राजनैतिक दल रहेकोले यसमा भारतको प्रधानमन्त्री नरेन्द्र मोदी र अमित शाहको कुशल नेतृत्व र भिजन रहेको भन्दै युवाहरूलाई सही राजनैतिक बाटोमा हिँडाउने अभियान सुरु गरिएको जनाए।

उनले गोर्खाल्याण्ड मुद्दाको निम्ति क्षेत्रीय राजनैतिक दलहरू इमान्दार नरहेको बताउँदै जिल्ला भाजपाको देशमा गोर्खाहरूको राजनैतिक सुरक्षा सुनिश्चित गर्न चाहने बताए। भाजपा मिरिकका संयोजक किशोर कुमार सिंहले पनि युवाहरूलाई सही राजनैतिक दिशा निर्देश गर्दै बिकासको क्रममा अघि बढ्ने बताएका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन