वार्मअपमा टीम इण्डिया विजयी

लण्डन, 28 मई।


डिफेण्डिङ च्याम्पियन टीम इण्डियाले आइतवार खेलिएको डे-नाइट वार्मअप म्याचमा न्यूजील्याण्डलाई पराजित गरेको छ। वर्षाबाधित यस खेलमा कोहली एण्ड कम्पनीले कीवी टीमलाई डकवर्थ लुइस नियमअनुसार 45 रनले पराजित गरेको हो। 190 रनको विजयी लक्ष्य पछ्याएको म्यान इन् ब्लूले 26 ओभरमा 3 विकेटको क्षतिमा 126 रन बनाएको थियो। त्यसपछि परेको बाक्लो पानीले खेलमा बाधा परेपछि डकवर्थ लुइस नियमअनुसार परिणाम निकालिएको हो। भारतका लागि कप्तान विराट कोहलीले सर्वाधिक 55 (नट्आउट) रनको इनिङ्ग्स खेले।

उनीबाहेक शिखर धवनले 40 रन बनाए। न्यूजील्याण्डका लागि ट्रेण्ट बोल्ड, टीम साउथी र जिम्मी निशमले एक-एक विकेट लिए। यसभन्दा अघि मोहम्मद शामी र भुवनेश्वर कुमारको कसिलो बलिङअघि असहाय देखिएको कीवी टीमले 38.4 ओभरमा सबै विकेट गुमाएर केवल 189 रन सङ्ग्रह गर्नसकेको थियो। न्यूजील्याण्डका लागि लुक रोङ्कीले सर्वाधिक 66 रन बनाए। रोङ्कीबाहेक निशमले पनि 46 रनको उपयोगी इनिङ्ग्स खेले। भारतका लागि शामी र भुवनेश्वरले तीन-तीन,रविन्द्र जडेजाले दुइ तथा आर अश्विन र उमेश यादवले एक-एक विकेट लिए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन