खरसाङ नगरपालिका अध्यक्ष कृण्ण लिम्बू, उपाध्यक्ष बिगेन्द्र गुरूङ

खबरम्यागजिन प्रतिनिधि

खरसाङ, 29 मई 2017


खरसाङ नगरपालिकाको नयाँ बोर्डका अध्यक्ष कृष्ण लिम्बू र उपाध्यक्ष बिगेन्द्र गुरूङ बनेका छन्। सोमवार शपथ ग्रहण कार्यक्रमभन्दा केही घण्टाअघि पार्टीले दुवैको नाम आधिकारिक रूपले घोषणा गरेको हो। पार्टीले अध्यक्ष र उपाध्यक्षको नामको घोषणालाई आजको दिनसम्म लम्बाएपनि चकित हुनेखालको त्यस्तो कुनै घोषणा भने गरेनन्। दुवैको नाम नै यी दुइ पदका लागि घोषणा गरिने अघिबाटै लख काटिएको थियो।

कृष्ण लिम्बू अघि पनि बोर्डका अध्यक्ष बनिसकेका हुन्। सरकारी पेशाबाट अवकाश ग्रहण गरेका बिग्रेन गुरूङ पहिलोपटक नगरपालिका बोर्डमा भित्रिएका हुन्। अब यी दुवै र नयाँ बोर्डसमक्ष थुप्रै चुनौती छन्। खरसाङमा पिउने पानीको समस्या विकराल छ। पछिल्ला बोर्डको असफलताले समस्या अझ ठूलो बनेका छ। यस्तोमा राज्य सरकारले असहयोग गरेर नगरपालिका बोर्डलाई पङ्गो बनाउन राजनैतिक चालखेललाई तीव्रता दिने निश्चित छ।

राज्यले यसो गरे तृणमूल कङ्ग्रेसको जनाधार नगरमा बढ़्नेछ। पछिल्लो बोर्डको असफलता उसै पनि नगरवासी मोर्चासँग रूष्ट छन्। यसको उदाहरण यसपटकको चुनाउ परिणामले स्पष्ट गरिसकेको कुरा हो। यता, नवनिर्वाचित अध्यक्ष कृष्ण लिम्बू र उपाध्यक्ष बिग्रेन गुरूङले बोर्डको अघि रहेका ठूलै चुनौतीलाई स्वीकारेका छन्। नयाँ बोर्डले यी चुनौतीहरूसँग लड़ेर नगरको समस्या समाधानहेतु समुचित पहल गर्ने दिशामा ठोस पदक्षेप चाल्ने दुवैले बताएका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन