तेञ्जिङ शेर्पालाई भारत रत्न दिइनुपर्छ-विमल

खबरम्यागजिन, दार्जीलिङ, 29 मई।


विश्‍वको सर्वोच्च शिखर माउन्ट एभरेष्टमा प्रथमपल्ट पाइला टेकेर विश्‍व कीर्तिमान कायम गर्ने हिमबाघ तेञ्जिङ नोर्गे शेर्पाको 103औं जन्म जयन्ती आज युनाइटेड शेर्पा एसोसिएशन र जीटीएको सूचना एवं सांस्कृतिक विभागको संयुक्त तत्वावधानमा पालन गरियो। आज बिहान सधैं जस्तै यहाँको एचएमआई (हिमालयन पर्वतारोहण संस्थान) परिसरमा युनाइटेड शेर्पा एसोसिएशन र एचएमआईको तत्वावधानमा उनको जन्म जयन्ती पालन गरिएको थियो भने दोस्रो चरणमा जीटीएको सूचना एवं सांस्कृतिक विभाग र युनाइटेड शेर्पा एसोसिएशनले गोर्खा रङ्गमञ्च भवनमा उनको जन्म दिवस पालन गरेको थियो।

युनाइटेड शेर्पा एसोसिएशनले तेञ्जिङ शेर्पाले देशको लागि दिएको योगदानको स्मरण गर्दै भनेअनुसार, तेञ्जिङ शेर्पा देशको मात्रै नभएर विश्‍वकै हिरो हुन्। जसले भारत देश स्वतन्त्र भएको लगभग 6 वर्षपछिनै देशको तिरंगा झण्डा विश्‍वकै सर्वोच्च शिखर माउन्ट एभरेष्टमा लहराएर विश्‍व कीर्तिमान कायम गरेका थिए। उनले विश्‍वअघिनै भारत देशलाई परिचित तुल्याएका छन्। यसैले उनी भारत रत्न जस्तो सम्मानका हकदार हुन्।

यसबारे संगठनले 2012-देखिनै आवाज उठाउँदै आइरहेको छ। यसैले अब यस दिशामा विश्‍वभरिकै संघ-संस्थाहरुले पनि आवाज बुलन्द गर्न आवश्यक छ। भारतका विभिन्न स्थानहरुमा रहेका पर्वतारोहण संस्थानहरुलाई देशका अन्य विख्यात व्यक्तित्वहरुको नाममा समर्पित गरेर उनीहरुका नाममा राखिएको छ, तर उनीहरुमध्ये धेरैले माउन्ट एभरेष्ट केवल फोटोहरुमा मात्रै देखेको हुनपर्छ। तर विश्‍वको यो सर्वोच्च शिखरमा आफ्नो प्राणको बाजी लगाएर देशलाईनै प्रतिनिधित्व गर्ने तेञ्जिङ नोर्गे शेर्पाको नाममा एउटै पनि पर्वतारोहण संस्थान समर्पण गरिएको छैन। यसैले अब दार्जीलिङको हिमालयन पर्वतारोहण संस्थानको नाम परिवर्तन गरेर तेञ्जिङ नोर्गे शेर्पा पर्वतारोहण संस्थान राख्नुपर्छ।

यता विमल गुरूङले तेञ्जिङ शेर्पालाई भारत रत्न दिइनुपर्ने मागमा 31 मईको दिन जीटीएमा प्रस्ताव ल्याउने बताएका छन्। उनले यस सम्बन्धमा सांसद, राज्यकी मुख्यमन्त्रीसमेतसित कुरा गरिसकेको पनि बताएका छन्। ल्याइएको प्रस्ताव केन्द्रमा पठाउने बताउँदै सोनादामा नेवाङ गम्बुको म्युजियम बनाउन जीटीएले 50 लाख रुपियाँ अनुमोदन गरिसकेको पनि उनले जनाएका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन