पहाड अशान्त हुनसक्छ-युवा मोर्चा

प्रज्ज्वल छेत्री

कालेबुङ, 29 मई 2017


‘मुख्यमन्त्री ममता ब्यानर्जी पहाड आउँदा आफ्नो वयान फिर्ता लिएर आउन्’-युवा मोर्चा केन्द्रीय उपाध्यक्ष अनिल लोप्चनले चेताउनी दिँदै भने, ‘अनि मात्र शान्तिसँग आउन दिन्छौँ, नत्र पहाडले कस्तो रूपमा विरोध गर्छ त्यही दिन तय हुन्छ।’ राज्यकी मख्यमन्त्री जुनको पहिलो साता मरिक आउने सम्भावना रहेको छ। यसैले मुख्यमन्त्री पहाड आउनअघि नै बङ्गला भाषालाई अनिवार्य गराउने निर्णय फिर्ता लिनुपर्ने युवा मोर्चाले माग गरेको छ।

बङ्गला भाषा लागु गर्ने विषय लिएर आज कालेबुङमा विद्यार्थी मोर्चाले विरोध जुलुस निकालेको थियो। यस क्रममा पत्रकारहरूलाई सम्बोधन गर्दै अनिल लोप्चनले सरकारले बङ्गला भाषा विषय आफ्नो निर्णय फिर्ता नलिए कार्यक्रमलाई अझ सशक्त बनाउने चेताउनी दिएका हुन्। लोप्चनलाई लाग्छ, यदि बङ्गला भाषा लागु भए भोलिको दिनमा सेन्सस हुँदा बङ्गालभरि बङ्गाली भाषीहरू मात्र बस्छन् भन्ने सन्देश जान्छ। त्यसैले गोर्खाल्याण्डलाई मास्न अनि बङ्गालभरि बङ्गाली भाषी मात्र बस्छन् भन्ने सन्देश दिन नै यो ठूलो षड्यन्त्र भइरहेको लोप्चनले बताए।

पश्चिम बङ्गाल सरकारले बङ्गला भाषालाई दशौँ श्रेणीसम्मको पाठ्यक्रमममा अनिवार्य रूपमा समावेश गर्ने निर्णय गरेपछि गोर्खा जनमुक्ति मोर्चा राज्यको नीतिको विरोधमा देखिएको हो। बङ्गला भाषालाई अनिवार्य गराएर नेपाली भाषामाथि अतिक्रमण गरेको मोर्चाको आरोप रहिआएको छ। दार्जीलिङ पहाडमा बङ्गला भाषा लागु हुन नदिने मोर्चाको मागलाई टेवा पुऱ्याउँदै आज गोर्खा जनमुक्ति विद्यार्थी मोर्चाले पनि कालेबुङमा जुलूस निकाल्यो। राज्य सरकारको नीतिको विरोधमा निस्किएको जुलूस अवधि विद्यार्थी मोर्चा अनि युवा मोर्चा नेतृत्वहरूले दार्जीलिङ पहाडमा बङ्गला भाषा थोपिनु नदिने चेताउनी दिएको छ। विद्यार्थी अनि युवा गरी करीब 2 सय कार्यकर्ताहरू रहेको जुलुसले शहर परिक्रमा गरी कालेबुङ जिल्लपाल डा. विश्वनाथमार्फत मुख्यमन्त्री ममता ब्यानर्जीलाई पत्रचार गरेको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन