विद्यार्थीहरु शैक्षिक भ्रमणमा

कालिझोडा, 29 मई 2017


कालिझोडा प्राथमिक पाठशालाले विध्यार्थीहरूलाई लिएर दार्जीलिङको विभिन्न स्थल साथै चिडियाखाना भ्रमण गराएको छ।

किताबी ज्ञानदेखि बाहिर बौद्धिक ज्ञान प्रदान गर्नु नै उक्त भ्रमणको मूल औचित्य रहेको शिक्षक दिलिप छेत्रीले बताएका छन्। यस भ्रमणलाई लिएर एक हप्ता अगावै दार्जीलिङ चिडियाखाना विभागलाई पत्राचार गरेका थिए। जसले गर्दा विभागबाट नानीहरूलाई सम्पूर्ण जीव जन्तुहरूबारे परिचय गराइएको उनले बताएका छन्।

किताबमा पढेका वस्तुहरू आफ्नै आँखा अघि देख्न पाएर नानीहरू धेरै प्रसन्न भएको छेत्रीले बताएका छन्। भ्रमणबाट नानीले धेरै बौद्धिक ज्ञान हासिल गरेको पनि उनले बताए। शैक्षिक भ्रमणमा पाठशालाका इन्चार्ज सूर्य मणि राई, शिक्षक दिलिप छेत्री लगायत शिक्षिका निलु शेर्पा, रिमा गजमेर, निशा लोहार आदि उपस्थिति थिए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया