एर्नेस्टो भल्भेर्डे बार्साको नयाँ प्रशिक्षक

म्याड्रिड, 30 मई।


एर्नेस्टो भल्भेर्डे स्पेनीश जाइण्ट बार्सिलोनाको नयाँ प्रशिक्षक बनिएका छन्। उनले लुइस एनरिकेको स्थान लिएका हुन्। शनिवार कोपा डेल रे-को उपाधि दिलाएका एनरिकेलाई बार्साले पदमुक्त गरेको थियो। यो सत्रमा च्याम्पियन्स लीग र ला लीगामा उपाधिविमुख बनेपछि 47 वर्षे यी प्रशिक्षक आलोचनाको शिकार बनेका थिए। सोमवार राति बार्सिलोनाले आउँदो प्रशिक्षकको पदमा 53 वर्षीय भेल्भेर्डेको नाम आधिकारिक रूपले घोषणा गऱ्यो।

एथ्लेटिको क्लबका यी पूर्व प्रशिक्षकसँग बार्सिलोनाले दुइवर्षको सम्झौता गरेको छ। ‘‘मैले व्यक्तिरूपमा उनीसँग कुरा गरी क्लबको निर्णय सुनाएको छु’’, क्लबका अध्यक्ष जोसेफ मारियाले भने, ‘‘क्लबको निर्णयले उनी धेरै खुशी र उत्साहित बनेका छन्। क्याम्प नाउमा प्रमुख प्रशिक्षक बन्नलाई ठूलो चुनौतीको रूपमा लिएका छन्।‘’ क्लबले भेल्भेर्डेको योग्यता, ज्ञान र अनुभवलाई प्रमुखता दिएर प्रशिक्षक बनाएको जोसेफले थप बताएका छन्।

सन् 2001 सालदेखि प्रशिक्षक करिअर शुरू गरेका उनी तीनपटक एथ्लेटिको क्लबबाहेक, स्पेनीश क्लबहरू क्रमैले एस्पानियोल (2006-08), भिल्लारियल (2009-10) भेलेन्सिया (2012-13) तथा फ्रेन्सेली क्लब ओलम्पिकसको दुइपटक (2008-09) र (2010-12) प्रमुख प्रशिक्षक बनिसकेका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया