पैसा लुट्ने फर्जी फोन

खबरम्यागजिन प्रतिनिधि

मिरिक, 30 जून।


विभिन्न फर्जी फोन कलहरूको माध्यमबाट पैसा लुट्ने गरेको घटना नयाँ होइन। फोन कल, इमेल, म्यासेज आदिको माध्यमबाट विभिन्न प्रलोभनहरू देखाएर पैसा लुटिएका घटनाहरू अघि आइरहेकै छ। विभिन्न व्याङ्कहरूको नाम गरेर एकाउण्ट नम्बर मागी पैसा लुट्ने गिरोहबाट बच्न त्यस्ता फर्जी फोन कलहरूप्रति ध्यान दिनु नहुने आग्रह गर्दै पुलिस प्रशासनले पनि सतर्कता अप्नाउन शुरू गरेको छ। अवैध फोन कलबाट पैसा लुट्ने मामिला अघि आइरहेको कारण मिरिक थाना प्रभारी सुजित लामाले आज एक पत्रकार सम्मेलनको आयोजना गर्दै मानिसहरूलाई सतर्क रहन आह्वान गरेका छन्। ‘यस्ता फर्जी फोन कल्सहरू आए त्यसलाई ध्यान नदिनुहोस्’-लामाले भने, ‘यस्ता फोन कलबाट सतर्क रहनुहोस्, पुलिसलाई सम्पर्क गर्नुहोस्।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया