चलचित्र ‘पलायन’ बनिँदै

मिरिक , 30 जून।


दधिराम घिमिरेः फिल्म निर्माता

‘पलायन’-नाम गरेको नेपाली चलचित्र मिरिकबाट बन्न गइरहेको छ। उक्त चलचित्रमा स्थानीय कलाकारहरूलाई अवसर दिने उद्देश्यले हाल नयाँ कलाकारहरूको खोजी कार्य शुरू भइसकेको छ। यस नेपाली चलचित्र दधिराम घिमिरेद्वारा निर्माण भइरहेको हो। दधिराम घिमिरे मिरिकका एक समाजसेवी एंव चिन्तक हुन्। साहित्य क्षेत्र एवं प्रकाशकका रूपमा पनि परिचित रहेका घिमिरे उनी कालेबुङमा जन्मेका हुन् भने उनले प्रथम प्रकाशन साहित्यिक कृति गोपाल धितालको उपन्यास ‘एक दियोको दुई ज्वाला’ सन 1978 मा प्रकाशन गराएका थिए।

हाल उनले मिरिकका दुईजना साहित्यकारका साहित्यिक कृतिहरू प्रकाशन गरेका छन। उनले समाज र साहित्य सेवालाई धर्म मान्दै हाल मिरिकबाट निर्माण भइरहेको लघु चलचित्र रोगका पनि निर्माताको रूपमा कार्य गरिरहेको छन्। यसरी नै उनले अब मिरिकबाट बनिने ‘पलायन’ चलचित्रको निर्मातक रूपमा पनि काम गर्न गइरहेका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया