झाले गरे निरिक्षणः स्थानीय तह खुशी

खबरम्यागजिन प्रतिनिधि

डुवर्स, 30 मई 2017


नगरकट्टा तृणमूल ब्लक सभापति अमर नाथ झाले क्षेत्रको विकासजन्य कार्यहरूको निरिक्षण कार्य थालेका छन्। यसै क्रममा आज झा सोलकापाडा ग्राम पञ्चायत अन्तर्गत रहेको मङरुपाडा गाउँमा पुगेका थिए। जहाँ एउटा गार्ड पर्खाल अनि १४ किमी प्रधानमन्त्री सडक योजनाको काम चलिरहेको छ। ‘स्थानीय माग अनुसार काम सही भइरहेको छ कि छैन, त्यो हेर्न आएको हुँ,’ स्थानीयहरुसित वातचित गरेपछि उनले भने।

स्थानीय पञ्चायत वुधु उरावले क्षेत्रमा विकासका कार्य भइरहेकोमा खुशी व्यक्त गरे। उनले भने अनुसार सडकले स्थानीय मानिसहरूलाई सोलकापाडा बजार अनि अस्पतालसित जोड्छ। अमरनाथ झाले स्थानीयहरूसित जन समस्याहरुलाई लिएर आलोचना पनि पनि गरे।

‘पञ्चायत चुनाउ आइरहेको छ। विकास अनि उन्नयनको कार्यहरु लिएर हामी जनताको घर घरमा गइरहेका छौँ,’  तिनले बताए। राज्यमा मा माटी मानुषको सरकार आएपछि नगरकट्टा खण्ड क्षेत्रमा के कस्ता विकासकार्य भए त्यसको एउटा खाका तयार पारेर प्रोजेक्टरको माध्यमबाट जनतालाई देखाइने पनि झाले थप बताए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया