चियाश्रमिकहरूको पक्षमा १२ अनि १३ जुनको दिन आम बन्द

खबरम्यागजिन प्रतिनिधि

डुवर्स, 30 मई 2017


संयुक्त वैठकमा आएका कार्यकर्ताहरू

संयुक्त फोरमको दुइ दिनव्यापी गेट सभा आज समाप्त भएको छ । सभाको माध्यमद्वारा श्रमिकहरुलाई अगामी जुन महिनाको १२ अनि १३ तारिक डाकिएको आम बन्दलाई सफल तुल्याउन सभामा आह्वान पनि जनाइयो ।

लुकसान चिया कमानमा मार्क्सवादी कम्युनिष्ट पार्टी अनि भारतीय जनता पार्टीको श्रमिक सङ्गठन भारतीय मजदुर सङ्गठनले संयुक्त बैठक गर्दै १२ अनि १३ जुनको दिन आम बन्द गर्ने निर्णय गरेको छ। बैठकमा माकपा अनि भाजपा श्रमिक सङ्गठनका नेताहरू लगायत श्रमिकहरूको पनि उपस्थित थियो।

माकपा नेता शेर बहादुर लिम्बूले सभालाई सम्बोध गर्दै भने,  चिया उद्योग नर्थ बङ्गालको मुख्य आर्थिक मेरुदण्ड हो। जो डमाडोल रहेको छ। एकातिर डुवर्सका चियाबारीहरु बन्द छ। खुल्ला चियाबारीमा कार्यरत श्रमिकहरुको अवस्था पनि सन्तोषजनक छैन। खुल्ला चियाबारीका धेरै जसो पुरुष श्रमिकहरुले काम पत्नीलाई दिएर कमाउन बाहिर गएका छन्। दिनमा १३२ रुपियाँ कमाएर अहिलेको महँगाइमा घर परिवार चलाउन उनीहरूलाई धेरै कठिन छ।

राज्य सरकारले चिया श्रमिकहरुप्रति उति महत्व नदिएको पनि सीटु नेताहरुले आरोप लगाए। न्यूनतम मजदुरीको कुरा उठेको दुइ वर्ष  पुरा भे पनि राज्य सरकारले कुनै पहल नगरेको नेताहरुले आरोप लगाए। न्यूनतम मजदुरी अनि चिया कमानमा नियमित ढङ्गमा श्रमिकहरुले राशन पानी पाउन पर्ने मागलाई लिएर १२ अनि १३ जुन आम बन्द हुने अनि यसलाई सफल पार्न सुब्बाले श्रमिकहरूसित आह्वान गरे। सभालाई बानरहाट माकपा जोनल कमिटीका सदस्य विष्णुलाल सुब्बा अनि भाजपा श्रमिक सङ्गठन लुकसान इकाइका नेता चुन्नीलाले पनि सम्बोधन गरेका थिए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया