आफ्नो सडक आफै बनाउँदै

सञ्जय निरौला
बिजनबारी, 30 मई।


‘आफ्नो गाउँ आफै बनाउ’-भन्ने मुल नाराको साथमा गोर्खा सँस्कृति सरक्षण सङ्घ कर्मटारले आफ्नो गाउँमा पर्ने जोरथाङ बिजनबारी सडक आफै मरमत गरेको छ। लगभग 4 किलोमिटर सडकको अवस्था जीर्ण बनिसकेको कारण सङ्घका सदस्यहरू आफै सडक मरमत्ती कार्यमा जुटेका हुन्।
संस्थाका सम्पूर्ण सदस्यहरूको प्रयासमा रमाम नदीको पुलबाट गोक बजार छेउसम्म सडक मरमत्ती एवं नालीहरूको सर-सफाई गरिने काम भएको संस्थाका सभापति डम्बर सुब्बाको अगुवाइमा भएको उक्त अभियानमा वरिष्ठ कवि तथा शिक्षक अबिर खालिङ पनि जुटेका थिए।

गत बर्ष पनि बाटो मरमत गरेर प्रशासनलाई झकझकाउने प्रयास गरे पनि हालसम्म कुनै पहल नभएको सङ्घको गुनासो छ। यसैले मानिसहरूले भोग्न परिरहेको समस्यालाई केन्द्र गर्दै आफै मरमत्ती कार्यमा जुट्न परेको सस्थाका सभापति सुब्बाले बताएका छन।

स्मरण गराइन्छ, उक्त सडक हालका केही बर्षहरूमा सिक्किम तथा दार्जीलिङलाई जोड्ने मुख्य मार्ग हो। तरैपनि सडकको अवस्था सोचनीय छ। उक्त सडकमार्ग भएर दैनिक 2 सय भन्दा धेर गाडीहरू ओहोर-दोहोर गर्ने गर्छ। यद्यपि सडक निर्माण कार्यमा भने ढिलाइ भइरहेको चालकहरूको गुनासो रहेको छ। यसरी प्रत्येक गाउँलेहरूले यस्तो उदाहरणीय कार्य गर्ने अपील सस्थाका सचीव शम्भुले गरेका छन्। अर्कोतिर कवि अबिर खालिङले उक्त पहलपछि विभागले पनि केही सिक्ने आशा व्यक्त गरे।
बिजनबारी खण्ड अन्तर्गत गोक एक ग्राममा पर्ने उक्त कर्मटार सिक्किमको सिमानामा रहेको गाउँ हो। उक्त गाउँमा यस संस्थाले स्थापनादेखि नै सामाजिक कार्यहरू गर्दै आइरहेको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया