रिम्बिकमा पोष्टरिङ

सञ्जय निरौला
रिम्बिक, 30 मई।


राज्य सरकारले बङ्गाल भाषा अनिवार्य गराउने निर्णय विरूद्ध आज रिम्बिक क्षेत्रमा पनि व्यापक पोष्टरिङ भएको छ। गोर्खा जनमुक्ति मोर्चा रिम्बिक लोधोमा समष्टिद्वारा गरिएको पोष्टरमा सरकारले गरोको भाषिक अतिक्रमण विरूद्ध एक भएर अघि आह्वान गरिएको छ। रिम्बिक, लोधोमा, बासबोटे आदि क्षेत्राम गरिएको पोष्टरिङमार्फत बङ्गाल सरकारले भाषिक अतिक्रमण गरेर नेपाली भाषालाई नै सङ्कटमा पार्ने काम गरेको कुरा उल्लेख छ।
पोष्टरिङ गर्ने क्रममा मोर्चा समन्वय समिति तथा रिम्बिक लोधोमा समष्टिका नरेन्द्र काम्बाङ, केन्द्रिय समिति युवा मोर्चाका गणेश छेत्री, समष्टि सभापति युवा मोर्चा लगायत कार्यकताहरूको उपस्थिति थियो।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया