समष्टीको क्रियाकलापमाथि शाखा असन्तुष्ट

उमेश परियार

कालिझोडा, 30 मई 2017


गोर्खा जन मुक्ति मोर्चा कालीझोडा शाखा विघटनलाई लिएर चलिरहेको समष्टीगत क्रियाकलापलाई लिएर कालिझोडा शाखाले आपत्ति जनाएको छ। शाखा सभापति राजु तामाङले गोजमुमो कालिझोडा शाखाको क्रियाकलापमाथि असन्तुष्ट जाहेर गर्दै शाखाका पदाधिकारीवर्गद्वारा अध्यक्ष बिमल गुरूङ समक्ष शाखा विघटनको माग अघि राखेका अनि गुरूङले समष्टीलाई निरीक्षण गरी छलफल गर्नको निम्ति निर्देश दिएका थिए।

त्यसै विषयलाई लिएर सोमबार आफ्नै सभापतित्वमा एउटा सभा सम्पन्न गरेको शाखा सभापति राजु तामङले जानकारी गराएका छन्। उनले भने, शाखाको सत्यतालाई नबुझी माथिल्लो स्तरबाट पहल चुलिनु गलत हो। समष्टीले शाखासित सभा गरी छलफल गर्नुपर्छ।

छलफलको पहललाई रोकेर साङ्गाठानिकस्तरमा जाँच हुनुपर्ने माग उनको रहेको छ।

यता समष्टीको तहबाट निरीक्षण भइरहेको अध्यक्ष जगत छेत्रीले जानकारी गराएका छन्। उनले भने, कालिझोडा शाखा कमिटीलाई विघटन गरी पुनः नयाँ कमिटी गठन गर्नुपर्ने अध्यक्षको निर्देश क्षेत्रीय सभासद रोशन गिरी मार्फत आएको थियो। जसलाई लिएर छलफल गरिने कार्य भइरहेको छ।

उनले यसबारे शीघ्र समष्टी प्रतिनिधिहरू माझ सभा बस्ने बताएका छन्। त्यपछि नै कालिझोडा शाखालाई लिएर निर्णय गरिने पनि उनले बताएका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया