वाहन दुर्घटनामा कोलकता र उड्डिसाका 6 पर्यटकको मृत्यु, दुई गम्भीर

गान्तोक, 31 मई 2017


सिक्किम घुम्न आएका कोलकता अनि उडिस्साका 6 जना पर्यटकहरूको दुर्घटनामा परी हिजो राती मुत्यु भएको छ। उनीहरू लाचुङ घुम्न गएका थिए। फर्किँदा फेङ्गलामा सडकबाट वाहन झऱ्यो। वाहनमा चालक लगायत 8 जना सवार थिए। घटनास्थलमा नै 6 जनाको मृत्यु भएको छ भने दुइजनालाई गम्भीर चोट लागेको छ, उनीहरूलाई मनिपाल अस्पतालमा भर्ना गरिएको छ। मृत्यु हुनेहरूमा टी.दाङ्दापत, बी. सेफु, सुजाता, एम. वाग, एसराज वाग, जे. दाङ्दापत रहेका छन्।

दुर्घटनामा एक परिवारको चारै सदस्यको मृत्यु भएको बताइको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया