आयो सञ्जयको ओ दार्जीलिङ

खबरम्यागजिन, दार्जीलिङ, 31 मई


।दार्जीलिङका पत्रकार सञ्जय विश्‍वासको 31औं पुस्तक ओ दार्जीलिङको आज दार्जीलिङ प्रेस गिल्ड कार्यालयमा विधिवत लोकार्पण गरियो। सञ्जयले यसअघिनै नेपाली, बङ्गाली, हिन्दी अनि अङ्ग्रेजीमा 30 वटा पुस्तकहरु प्रकाशमा ल्याइसकेका छन् भने आगामी दिनमा पनि आफ्नो कार्यलाई जारी राख्ने प्रतिवद्धता जाहेर गरेका छन्।

दार्जीलिङका विभिन्न ऐतिहासिक विषयहरुलाई समेटेर तयार पारिएको यस नयाँ पुस्तकको आज दार्जीलिङ प्रेस गिल्डका अध्यक्ष दीप गजमेर, सचिव प्रणव छेत्री, पत्रकार रेजा प्रधान, रवीन गिरी अनि स्वयं सञ्जयका बाहुलीबाट लोकार्पण गरिएको थियो। यसबारे विश्‍वाससित सोध्दा उनले 3 वर्षको कठोर मेहनतपछि यो पुस्तक तयार भएको बताउँदै आफ्नो जोश र जाँगरलाई आगामी दिनमा पनि यथावत राख्ने मत प्रकट गरे। सञ्जय विश्‍वासले यसअघि 4 वटा अंग्रेजी, 11 वटा बङ्गाली, 13 वटा नेपाली र 2 वटा हिन्दी भाषामा पुस्तकहरु निकालिसकेका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन