नगरपालिका अध्यक्ष-उपाध्यक्षलाई सम्मान

खबरम्यागजिन प्रतिनिधि
मिरिक, 31 मई।


दार्जीलिङ हिमालयन कर्मचारी सङ्गठन मिरिक महकुमा समितिले मिरिक नगरपालिकाका नवनिर्वाचित तृणमूल अध्यक्ष, उपाध्यक्ष एवं नगरपार्षदहरूलाई जनायो। सङ्गठनका अध्यक्ष दिलीप सिंहको अध्यक्षता एवं हिल तृणमूल अध्यक्ष राजेन मुखिया, युवा अध्यक्ष बिष्णु गोले, मिरिकका अध्यक्ष अनिल छेत्री, युवा अध्यक्ष सोभन घिसिङ आदिको उपस्थितिमा उनीहरूलाई सम्मान जनाइयो। राजेन मुखियाले मिरिकमा तृणमूलले बोर्ड गठन गर्नुको पछाडी सबैको एकता रहेको भन्दै यसमा सबैको समान योगदान रहेको बताए । उनले सङ्गठनभित्रका अस्थायी कर्मचारीहरूको स्थायीकरणको समस्या समाधान गर्न प्रयास गर्ने बचन दिए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया