भाषिक अतिक्रमणको विरोधमा एकताको परिचय दिने आह्वान

खबरम्यागजिन संवाददाता
मिरिक, 31 मई।


गोजमुमो अध्यक्ष विमल गुरुङले घोषणा गरेको 1 र 2 जुनको दिन सम्पूर्ण शैक्षिक संस्थान बन्दको घोषणालाई मोर्चा मिरिकले स्वागत जनाएको छ। आज एक पत्रकार सम्मेलनमार्फत सभासद् फुबी राईले बोर्ड र उत्तर बङ्गाल विश्वविद्यालय अन्तर्गतको परीक्षाहरूलाई भने बन्दबाट मुक्त राखिएको उनले बताए। उनले 4 देखि 8 जुनसम्म नारावाजी, जुलूस र कालो झण्डा लगाउने कार्यहरू तीब्र रूपमा गरिने बताए। बङ्गालको भाषिक अतिक्रमणलाई कुनैपनि परिस्थितिमा स्वीकार नगरिने बताउँदै ममता ब्यानर्जीले शीघ्र यस विषयमा वयान फिर्ता लिँदै लिखितमा दिनुपर्ने माग समेत उनले गरे। यदि बङ्गला भाषालाई अनिवार्य गरिने निर्णय फिर्ता नगरिए आन्दोलन अझ तीब्र रूपमा अघि बढने चेतावनी समेत दिएका छन् । उनले सम्पूर्ण सङ्घ-संस्थाहरू, विद्यालय महाविद्यालयले यस आन्दोलनलाई सहयोग गर्दै भाषिक अतिक्रमणको विरोधमा एकताको परिचय बंगाललाई दिने आह्वान समेत गरेका छन् ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया