मोर्चाले अफवाह फैलाउँदैछ-तृणमूल

खबरम्यागजिन प्रतिनिधि
मिरिक, 31 मई।


बङ्गला भाषा सम्बन्धी मोर्चाको आन्दोलनबारे तृणमूल कङ्ग्रेसले प्रतिक्रिया व्यक्त गरेको छ। हिल तृणमूल कङ्ग्रेसका अध्यक्ष राजेन मुखियाले आज एक पत्रकार सम्मेलनको आयोजना गर्दै भाषा सम्बन्धी मोर्चाले अफवाह फैलाइरहेको आरोप लगाएका छन्। उनले भने, बङ्गला भाषालाई लिएर मोर्चाले व्यर्थमा अफवाह फैलाइरहेको छ। बङ्गला भाषा अनिवार्यताको कुनै नोटिफिकेसन जारी गरिएको छैन। न त विधानसभामा नै यस सम्बन्धी प्रस्ताव पारित गरिएको छ। मुखियाले मोर्चाले भाषाको नाममा अफवाह फैलाएर बन्द डाकेको भन्दै आपत्ति जनाएका छन्। उनले भने, बङ्गालकी मुख्यमन्त्री र शिक्षा मन्त्रीले पहाडमा बङ्गला भाषा अपसनलको रूपमा मात्र राखिने घोषणा गरेको हो। उनले तृणमूल कङ्ग्रेस पहाडमा शैक्षिक संस्था बन्द गरेर विद्यालयहरूलाई राजनैतिक रूपमा प्रयोग गर्ने कुराको विरोधमा रहेको बताए।
‘पढाइको समय विद्यालय बन्द गर्नु उचित होइन’-मुखियाले भने, ‘कागले कान लग्यो भन्दैमा कान छाम्नको सट्टा आवेशमा आएर त्यसै कुद्नु उचित होइन।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया