युपीएससीको परिणाम घोषित कर्नाटककी नन्दिनी केआर टप्पर

एजेन्सी, नयाँ दिल्ली, 31 जून।


केन्द्रीय लोकसेवा आयोग (युपीएससी) 2016 –को परीक्षाफल बुधवार घोषणा गरिएको छ। यसपटकको परीक्षामा कर्नाटककी नन्दिनी केआर टप्पर बनेकी छन्। दोस्रो र तेस्रो स्थानमा क्रमैले अनमोल युपीएससीको शेर सिंह बेदी र गोपालकृष्ण रोनानकी रहेका छन्। यसपटक सरकारका विभिन्न सेवाका लागि 1099 परीक्षार्थीहरूलाई चयन गरिएका छन्। 500 जेनेरल, 347 ओबीसी, 163 एससी र 89 एसटी परीक्षार्थीहरू पास भएका छन्। आईएएसका लागि 180, आईएफएसका लागि 45 र आईपीएसका 150 परीक्षार्थीहरू पास भएका छन्। यसबाहेक केन्द्रीय सेवाहरूमा ग्रुप ‘ए’ –का लागि 603, ग्रुप ‘बी’ –का लागि 231 परीक्षार्थी छनोट भएका छन। युपीएससी परीक्षा तीन चरणमा सम्पन्न हुँदछ, जसमा प्रिलिमनरी र मेन्सपछि अन्तर्वार्ता लिइँदछ। मेरिट् लिस्टमा अब्बल रहने परीक्षार्थीहरूले भारतीय प्रशासनिक सेवा, भारतीय विदेश सेवा र भारतीय पुलिस सेवामा कार्य गर्ने मौका पाउँछन्। मेरिट् लिस्टमा तल्तिर रहने परीक्षाहरूलाई सरकारका अन्य सेवाहरूमा पठाइन्छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया