खरसाङ क्षेत्रबाट १५३७ जना परीक्षार्थीहरु उच्च माध्यमिक परीक्षा दिँदै

खरसाङ, २८ मार्च : पश्चिम बङ्गाल बोर्ड अन्तर्गत आजदेखि उच्च माध्यमिक परीक्षा शुरु भएको छ। यस परीक्षामा खरसाङ क्षेत्रबाट १५३७ जना परीक्षार्थीहरुले आजको पहिलो दिनमा उच्च माध्यमिक परीक्षा दिएका छन्। यसमा केटाहरु ६७९, केटीहरु ८५८ गरी नियमित परीक्षार्थीहरु जम्मा १४२५ अनि सीसी ९३ जना एवं स्पेसियल १९ जना लगाएर खरसाङ क्षेत्रमा रहेका परीक्षा केन्द्रमा जम्मा १५३७ जना परीक्षार्थीहरुले आज पहिलो दिन परीक्षा दिएका छन्।

खरसाङमा उच्च माध्यमिक परीक्षाको लागि ६ वटा विद्यालयहरुमा परीक्षा केन्द्र बनाइएको छ। यसमा रामकृष्ण कन्या उच्चत्तर माध्यमिक विद्यालय, पुष्परानी उच्चत्तर माध्यमिक विद्यालय, स्कट्स मिशन उच्चत्तर माध्यमिक विद्यालय,सन्त जोसेफ कन्या उच्चत्तर माध्यमिक, सन्त अल्फन्सेस उच्चत्तर माध्यमिक विद्यालय र आदर्श उच्चत्तर माध्यमिक विद्यालय सामेल छन्।

यी सेन्टरहरुमध्ये सन्त अल्फन्सेस उच्चत्तर माध्यमिक विद्यालय आधिकारिक परीक्षा केन्द्रको रूपमा रहेको छ। खरसाङको परीक्षा केन्द्रमा परीक्षा लेख्नलाई खरसाङ महकुमा क्षेत्र अन्तर्गत सुकनादेखि तीनधारे, पानीघट्टा, पङ्खाबारी, दिलराम, सोनादा, सिटोंग, लाटपञ्चर क्षेत्रमा रहेका विद्यालयहरूबाट उच्चत्तर माध्यमिक परीक्षा दिनलाई विद्यार्थीहरु आउने गर्दछन्। परीक्षाको पहिलो दिन खरसाङमा शान्तिपूर्ण रूपमा परीक्षा सम्पन्न भएको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन